२०७८ श्रावण १६, शनिबार २०:४७

नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ ।

वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि,सिकटा ,आदापुर घोडासहन लगायत अधिकांस सीमा बजारहरुमा चिनिया स्याउको तस्करी भएको छ ।वीरगन्जको भन्सार तथा छेउछाउको नाका लगायत बारा पर्साका अधिकास सिमावती क्षेत्रबाट पोके तस्करहरुद्धारा स्याउ पुर्याउने गरिएको छ । वीरगंज आसपासका नाका हुँदै दैनिक मात्र २ ट्रक भन्दा बढीको स्याउ पोके तस्करहरुले रक्सौलका फलफूल व्यवसायीकहाँ पु¥याइरहेका छन्। पर्सा प्रहरीले ट्रक,तथा ट्याक्टरबाट हुने तस्करीको लाइनमा कडाइ गरेपछि ठुला तस्करहरु पोकेकैरियरहरुको माध्यमबाट स्याउको तस्करीमा तिब्रता दिएका छन् । वीरगंजको शंकराचार्य–मितेरी पुलको मुख्य बाटोमै सुरक्षाकर्मीको मौन सहमतीमा आखाछलेर लाखौंको स्याउ तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विशेषगरी, महिला तथा बालबालिकालाई लगाउने तस्करहरुले साँझ–बिहानको समयमा नेपालबाट स्याउको दुईदेखि चार कार्टुनसम्म टाउको र साइकलमा बोकेर रक्सौल पु¥याइरहेका छन्।

चिनिया स्याउँको नेपाल भन्दा भारतमा किलोमा २० रुपैयाँ बढी मुल्य पर्ने गरेकोले तस्करीको कारोवार मौलाएको हो । वीरगंजका विभिन्न कोल्डस्टोरमा भण्डारण गरिएका स्याउलाई यहाँका व्यवसायीले पोके तस्करमार्फत नेपाल–भारत सीमा कटाइरहेका छन्। दुई कार्टुन रक्सौल पु¥याउँदा पोके तस्करले ५० रुपैयाँ क्यारिङ शुल्क पाउँछन्। उनीहरु एक जनाले दिनभरीमा ४/५ खेप ओसार्छन्। पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे आफूले पनि यसबारे सूचना पाएको बताउँछन्। त्यसरी ओसार्नेलाई दैनिक रोक्ने काम भइरहेको उनको भनाइ छ। ’हालसम्म १४ कार्टुन र चार बोरा स्याउ बरामद भएको छ, वीरगंज भन्सार पठाउदै छौं,’ उनले भने। पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र पाण्डेले शुक्रबार मात्रै भन्सार क्षेत्रमा सशस्त्रले २ कार्टुन स्याउ नियन्त्रणमा लिएको बताए। ’सीमा क्षेत्रका बासिन्दाको काम नै इधरको माल उधर छ। उनीहरुका लागि वैकल्पिक रोजगारीको बाटो नदेखाउने हो भने तस्करी नियन्त्रण गर्नै गाह्रो छ,’ उनले भने, ’एक किलोमिटरको दुरीमा चार ठाउँमा चेकिङ छ। तैपनि पोके तस्करी घटेनन्।’

रजत जयन्ती चोकदेखि सशस्त्र र नेपाल प्रहरीको ५ ठाउँमा चेकिङ छ। रजत जयन्ती चोक, जिलेवीगाछी, वीरगंज भन्सार, इनर्वा थाना, मितेरी पुलमा चेकजाँच हुने गरेको छ। तैपनि टाउकोमा राखेर सामान ओसारपसार गर्नेहरु घटेका छैनन्।

Comment


Related News

Latest News

Trending News