२०७८ श्रावण १७, आईतवार ०६:५५

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेको थुनुवाको शंकास्पद मृत्युको छानविनको माग गर्दै स्थानियले प्रदर्शन गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडाका ४० वर्षीय पल्टु रविदासको शंकास्पद मृत्युबारे अधिकारकर्मी र मृतक परिवारले छानबिनको माग गरेका छन् । जिल्ला अदालत धनुषाले कुटपिट अंगभंग मुद्दामा २ लाख धरौटीमा छाड्ने आदेश दिएका रविदास २ लाख रुपैयाँ धरौटीमा छोड्न र धरौटी बुझाउन नसके सिन्धुली कारागार राख्न आदेश दिएको थियो । शुक्रबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जेठो भाइसंगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपनि आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्ने भएपछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । थुनुवाभित्र भएको मृत्यु प्रकरणमा न्यायका लागि आवाज उठाउने प्रदेश २ का पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेशसभा सदस्य ज्ञानेन्द्र कुमार यादवले प्रतिवद्धता जनाएका छन । शनिवार पीडितको गाउँ सिनुरजोडा पुगेर घटनाको छानवीनका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्रालय संग आइतवार छलफल गरि उच्चस्तरीय छानविन समिति वनाउनका लागि पहल गर्ने बताए ।

सांसद यादवले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपुर्ति उपलव्ध गराउनका लागि प्रदेश सरकारसंग आग्रह गर्ने वताउदै उनले तत्काल राहतका लागि लक्ष्मीनियाँ गाउँपालिकासंग आग्रह गरेका थिए । उनले मृतक परिवार मध्ये एकजनालाई सरकारी जागीरको लागि आफुले जोडदार पहल गर्ने समेत बताए । प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै प्रदेशसभा सांसद चमेली देवी दासले दलित भनेर नै पटक पटक दलित समुदायमाथि अन्याय भएको बताइन् । जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्ष भित्र आत्महत्या भनिएपनि लाशको प्रकृति हेर्दा मारेर झुण्डयाएको अवस्था जस्तो देखिएकोले सरकारले यथासिघ्र छानविन गरि दोषीमाथि कडा कारवाही गनु पर्ने उनले बताइन् । छानवीन समिति गठन गरि पिडीतलाई न्याय नदिलाइए कडा आनदोलन गर्न बाध्य हुने छौ’, उनले भनिन् । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको शौचालय भित्र मृत्यु प्रकरणबारे चौतर्फि आलोचना भएको छ । लाशको प्रकृति हेर्दा आत्महत्या प्रकरणमा शंका उपशंका उत्पन्न भएपछि मृतक परिवारजन लगायत स्थानियवासीहरुले शुक्रवारदेखि नै जिल्ला प्रहरी कार्यालयदेखि लिएर घटनामा संलग्न हुन सक्ने आशंकामा विपक्षीको घर घेर्न थालेको छ ।

प्रदेश प्रहरी कार्यालयले घटनाको छानविनका लागि छानविन समिति समेत बनाएको छ । उक्त समितिले छानविन थालिसकेको छ ।

Comment


Related News

Latest News

Trending News