२०७८ श्रावण १७, आईतवार ०७:३१

हलवाई सेवा समिति जनकपुरधाममा रहेको संरक्षक समिति र वर्तमान कार्य समिति विचको विवाद बढदै गएको छ ।

संरक्षक समितिका अध्यक्ष सत्यनारायण प्रसाद गुप्ताले हिसाव किताव सार्वजननिक नगरिएको तथा साधारणसभा समेत नभएको लामो समय वितिसकेकोले सम्पुर्ण जिम्मेदवारी संरक्षक समितिलाई दिनुपर्ने माग गरेपछि विवाद वढेको हो । यता वर्तमान कार्यसमितिका महासचिव हरीनारयाण गुप्ताले संस्थामा कुनै किसीमको विवाद नरहेको वताए । संरक्षक समितिमा चारजना सदस्य भएकोले कुनै एक्लैले आफु खुसी गर्न चाहे मान्य नहुने र संस्थाको विद्यान विपरित पनि हुने भएकोले विद्यान अनुसार नै साधारणसभा बोलाइएको र सबैकुराको निक्र्यौल यसैबाट हुने वताए । उनले सडक विस्तारको क्रममा भवन नै भत्किने क्रममा रहेपछि भवनलाई पुनः निमार्ण गर्न लगाइएको तथा विगत ६ वर्ष देखि संस्थाको नविकरण नभएको अवस्थामा अडिट गराएर सम्पुर्ण कर तिरी अहिले नविकरण गराएपछि कोरोना भाइरसको कारण लकडाउन लागेपछि साधारणसभा बस्न नसकिएको वताउदै समस्या नबुझी संरक्षक समितिका एकल व्यक्तिले आफुखुसी गर्न खोजेको वताए । वर्तमान कार्यसमितिमाथि हरहिसाव सार्वजनिक नगरिएको सम्वन्धमा उनले साधारणसभा बोलाइएको छ र यसैमा हिसाव मागे भइहाल्यो नी,घरमा मागे कसरी दिन सकिन्छ भनेर जवाफ दिए ।

लामो समय देखि साधारणसभा समेत बस्न नसकिएको र वर्तमान कार्यसमितिको समय पनि सकिएकोले सरंक्षक समितिका अध्यक्षले वर्तमान कार्यसमितिलाई आफनो कार्यभार संरक्षक समितिको जिम्मा लगाउनुपर्ने भन्दै विवाद भएपछि शनिवार हलवाई सेवा समितिको बृहत वैठक बोलाइएको छ ।

Comment


Related News

Latest News

Trending News