अपडेट 
२०७८ श्रावण १७, आईतवार १०:३९

तालिबान लडाकू र अफगान सरकारी सेनाबीच अफगानिस्तानका प्रमुख तीन शहर कब्जामा लिन भिडन्त जारी छ ।

दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरहरु हेरात, लश्कर गाह र कान्दाहर शहरमा भिडन्त भइरहेको  छ। ती शहरलाई सरकारी सेनाको नियन्त्रणबाट आफ्नो कब्जामा लिन तालिबानले आक्रमण तीब्र पारेको समाचारमा जनाइएको छ। कान्दाहरबाट सयौँ नागरिक विस्थापित भएका छन् । तालिबानको हिंसा र सरकारी सैन्यबलले गर्ने प्रतिकारका कारण अफगानिस्तानमा गम्भीर मानवीय सङ्कट आउन सक्ने भन्दै चासो र चिन्ता बढ्न थालेको छ ।

अफगानिस्तानमा रहेका विदेशी सैनिक सेप्टेम्बर महिनासम्म फिर्ता हुने यसअघि नै घोषणा भएर कार्यान्वयन हुँदै आएको छ । अमेरिकी सेना फर्कन थालेपछि तालिबानले ग्रामीण क्षेत्रहरुमा कब्जा जमाउन थालेको छ भने शहरी क्षेत्रमा पनि आक्रमण गरिरहेको छ । तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News