२०७८ श्रावण १८, सोमबार ०७:१४

राजविराज । कोरोनाको उच्च जोखिममा राजविराज कारागारका कैदीबन्दीलाई धमाधम कोरोना बिरुद्धको खोप लगाउन थालिएको छ ।

एक सय २५ क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ५९ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दीलाई कोचाकोच गरि राख्दा व्यवस्थापन र सुरक्षा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढाएकाले कोरोना बिरुद्धको खोपलाई उच्च प्राथमिकता दिएको कारागार प्रशासनले जनाएको छ । एकातिर क्षमता भन्दा तेब्बर कैदीबन्दीले साँघुरो बनेको भवन अर्कोतिर सीमित शौचालय र बाथरुम धेरैले प्रयोग गर्ने बाध्यताले कोरोनाको जोखिम झनै बढाएको छ, “कारागारका खरीदार संजिव देवले भने, एक जना संक्रमण देखिने बित्तिकै ठूलो संख्यामा कैदीबन्दी त्यसको चपेटामा पर्ने सम्भावना छ ।” उनका अनुसार आइतबारसम्ममा कारागारमा रहेका दुई ब्लकका गरि १३ महिलासहित ३ सय ५९ मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् । केही दिन यता कैद भुक्तानका लागि आएका नयाँ २०÷२५ जना भने खोप लिन बाँकी छन्, देवले भने, “उनीहरुलाई पनि छिट्टै खोप दिलाउन जिल्ला स्वास्थ्य कार्यालयसँग आवश्यक पहल थालेका छौं ।” उनले कारागारमा कोचाकोच गरि कैदीबन्दी राख्नु पर्दा सुरक्षा र व्यवस्थापनको चुनौतीसँगै सामाजिक दुरी र स्वास्थय मापदण्ड पालना गराएर राख्न पनि समस्या भइरहेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News