२०७८ श्रावण १८, सोमबार ०७:१७

रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा संचालन रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्ठी प्रहरीले नष्ट गरेको छ ।

जिल्लामा संचालन रहेको अवैध मदिरा उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाउने योजना अन्तर्गत संचालन रहेको मदिरा भट्ठी तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीबाट खटिगएको प्रहरी टोलीले संचालनमा रहेको ३ वटा भट्ठी नष्ट गरि १ हजार लिटर कच्चा पदार्थ , ५० लिटर तयारी मदिरा , ड्रम ५ वटा र सानो गैलन ६ वटा बरामद गरिएको प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले जानकारी दिए । त्यस्तै परोहा नगरपालिका वडा ४ स्थित संचालन रहेको ३ वटा भट्ठी तोडफोड गरिएको छ । भट्ठी तोडफोड गर्ने क्रममा बरामद भएको २ हजार लिटर कच्चा पदार्थ नष्ट गरि ५ वटा ड्रम फेला परेको प्रहरीले जनाएको छ । भट्ठी संचालन गर्नेको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News