२०७८ श्रावण १८, सोमबार ०७:१९

जनकपुरधाम । सार्वजनिक सवारीसाधन खुलेपनि जनकपुरबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन पुर्ण रुपमा सञ्चालन हुन सकेको छैन् ।

यात्रुको अभाव तथा लकडाउनमा लामो समयदेखि थनकाईएर राखिएको गाडीको मर्मत गराउन नसक्दा झण्डै ४० प्रतिशत सवारीसाधन अझै सञ्चालनको अवस्थामा नरहेको बस सञ्चालकहरु बताउँछन् । जनकपुरबाट विभिन्न रुटमा करिव साढे तीन सय बस सञ्चालन हुने गरेको छ । जनकपुर– भिठामोड दैनिक ५० वटा बस सञ्चालन हुदै आएकोमा अहिले २० वटा पनि चल्न सकेको छैन । विगतमा जनकपुर–वीरगञ्ज दैनिक २० वटा बस चलेपनि अहिले ११ वटा बसको लागि पनि यात्रु भेटिन मुस्किल रहेको सञ्चालकहरुको भनाई छ । जनकपुर–राजविराज दैनिक १५ वटा बसले रुट परमिट लिएका छन् । तर अहिले बढीमा ५ वटा बस राजविराज गईरहेको छ । यसरी सार्वजनिक सवारीसाधन खुलेपनि पुर्ण रुपमा सञ्चालनमा आउन नसकेको जनकपुर बस व्यवासायी संघका अध्यक्ष मनोज चौधरीले बताए । जनकपुरबाट काठमाण्डु, पोखरा, नेपालगञ्जमा चल्ने सावारी साधनको संख्यामा पनि व्यापक कमि आएको छ । यात्रु नपाएर घाटा लाग्ने भएकोले बस सञ्चालनमा रुचि नदेखाएको कन्ट्रक्टर भलाई कोषका अध्यक्ष रामनारायाण साहले बताए । ‘यात्रु नै नपाएपछि सिट फुल गर्ने कुरै आउदैन, उनले भने,‘ सवारीको लागि आवश्यक चाहिने डिजेलको पैसा नउठेपछि बस धनिले कति दिन सम्म घाटा लगाएर बस चलाउछ ।’ यता, कोरोना भाईरस नियन्त्रण तथा रोकथामका कारण गरिएको लकडाउनले ठप्प रहेका अधिकांश सार्वजनिक सवारीसाधनको नविकरण, बिमा, रुट पर्मिट फेल भएको छ ।

सालैपिच्छे नविकरण र बिमा तथा प्रत्येक ४ महिनामा यातायात व्यवस्था कार्यालयबाट रुट परमिट लिनुपर्ने प्रावधान रहेको र ती प्रावधान पुरा गर्न धेरै खर्च लाग्ने भएकोले पनि अधिकांश सवारी धनिहरुले त्यो प्रावधान पुरा गर्न सकेको छैन । नविकरण, विमा र रुट परिमट नभएपछि ठाउँठाउँमा ट्राफिक प्रहरीले पक्राउ गर्दा हजार दुई हजार जरिवाना नै लाग्छ, एक चालकले भने,‘ एक त डिजेलको पैसा पुग्दैन, अर्को जरिवाना तिर्नुपर्दा झन घाटा हुन्छ ।’ लामो समय सम्म खुल्ला आकाशमुनि सवारीसधनहरु थन्काईएर राखिएकोले बिना मर्मत सम्भार चलाउन सकिदैन, कन्ट्रक्टर भलाई कोषका अध्यक्ष साहले भने,‘ एउटा बसलाई चल्ने अवस्थामा ल्याउन कम्तिमा अढाईदेखि ३ लाख रुपैयाँ सम्म खर्च लाग्छ, अव पैसा हुने धनिले लगानी गरेर बस चलाई रहेका छन्,नभएकाहरुले आफ्नो व्यवस्थामा लागेका छन् ।’

Comment


Related News

Latest News

Trending News