काठमाण्डु ।जनता समाजवादी पार्टी( जसपा)का अध्यक्ष महन्थ ठाकुरको सबै दाउ असफल भएपछि ‘मानसिक बिचलन ’ आएको बताइन्छ ।
उनका सहयोगी सांसदहरु समेत चिन्तित देखिएका छन् । निर्वाचन आयोगको फैसला बिरुद्ध ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारपनि सुनवाई हुन सकेन् ।अन्तरिम आदेश माग गरिएको सो रिट प्राथमिकतामा नपरेपछि ठाकुरका सहयोगीहरु सांसद पद जाने भयमा छन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।आइतवारपनि सो मुद्दा हेर्न नभ्याइने सूचीमा परेको थियो । निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता साउन ११ गते बहुमतको अधारमा यादव पक्षलाई दिएपछि आयोगको सो फैसला बिरुद्ध ठाकुर अदालतमा रिट दिएका हुन् । रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।तर अदालतले त्यसलाई प्राथमिकतामा राखेर अग्रता दिएको छैन् । जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले अदालतमा रिट निवेदन दिएका थिए । उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो ।
ठाकुरले अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश नभएपछि निर्वाचन आयोगले ‘हेड काउण्ट’ गरी दुई तिहाई बहुमत रहेको पक्षलाई आधिकारिकता प्रदान गरेको थियो । ठाकुरकातर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई गर्नेगरी पेसी तोकिए पनि सोमबार सुनुवाई हुन नसकेको हो । ठाकुर अदालतमा दायर गरेको रिटमा हुने आदेशलाई कुरिरहेका छन् ।तर यादव समुहले जसपा गठन भएदेखिको थाँती रहेका निर्णयहरु धमाधम गरेको छ ।जसपामा अब यादव समुह कार्यकारिणी समिति र संसदीय दलमा थप बलियो बनेको छ ।दलको विधानलाई प्रकृयागत रुपमा अनुमोदनगरि चुनाव प्रकृयाबाट सर्वसम्मतले अध्यक्ष यादव दलको नेता चयन भएका छन् । ठाकुरले अदालतको निर्णय कुरिरहे कार्वाहीमा पर्ने संभावना छैन् ।तर उनी अर्को दल गठन गर्ने अथवा यादव पक्षको अहितमा कुनै कदम चाले जसपाबाट प्रकृयागत रुपमा निस्कासनको पत्र थमाइनेछ ।यादव समुहले ठाकुर पक्षमा रहेका केहि सांसदको पद समाप्त गरिदिने भित्री तयारी गरिसकेको छ । ठाकुर र राजेन्द्र महतो, विमल श्रीवास्तव र उमाशंकर अरगडिया कार्वाहीको पहिलो चरणमा नै रहेका छन् ।तर उनीहरुले निस्कासन सम्मको कार्वाहीमा पर्नेगरि कुनै कृयाकलाप नगरे ठाकुर–महतो समुहमा रहेका केहि समानुपातिक सांसदको पद भने धरापमा परिसकेको छ ।समानुपातिक सांसदलाई हटाएर यादव समुहले नयाँ सांसद थप्ने बताइएको छ ।
सांसद पद जाने जोखिम बढेपछि अरगडिया, श्रीवास्तव लगायतले ठाकुरलाई सुरक्षित बिकल्प खोज्न दबाब दिइरहेका छन् ।तर केहि महिनादेखिको अत्यधिक तनाव र कमजोर भइरहेको परिस्थितिले ठाकुरमा मानसिक विचलन आएको बताउन थालिएको छ । पूर्व राजपा नामको दल यादव पक्षका हरिनारायण यादवले दर्ता गरासकेको कारण नयाँ दलको नाम र चुनाव चिन्हपनि अर्को समस्या देखिएको छ ।पूर्व राजपाका अधिकांश नेताहरु यादव नेतृत्वको जसपालाई नछाडने मनस्थिति बनाइसकेका छन् । ठाकुर समुहका केहि सांसदको पद समाप्त गर्ने दाउमा रहेका यादवको बढदो प्रभावशाली कदमले ठाकुर–महतोलाई धेरै पछाडि धकेलेको छ ।

