वीरगञ्ज । बुबुको नागरिकता भएको छोराले बंसज नागरिकता पाउने व्यवस्था भएतापनि एउटा भारतीय नागरिक दुइ छोरा मध्ये जेठो भारतीय र कान्छो नेपालको बंसज नागरिक रहेको तथ्य फेला परेको छ ।
भारत बिहार मुजफरपुर अखाडाघाट निवासी राम अवतार प्रसादका जेठा छोरा कैलास प्रसाद भगेरिया अझ पनि भारतीय नागरिक नै रहेको तथ्य प्रमाणले पुष्टि गरेको भएतापनि कान्छोछोरा पवन भगेरिया विहारमा विभिन्न अपराधकर्म गरि नेपालमा लुक्न आएका बखत मोरगं जिल्लाको रंगेलीबाट बंसज नागरिकता लिन सफल भएका छन् । केहि बर्ष अगाडि वीरगञ्जको आदर्शनगरमा मनाकामना मोटरपार्टस खोलेर त्यसको आडमा देशभरी तस्करीको समान सप्लाइ गरेर अहिले वीरगन्ज महानगरपालिका भित्र सय करोड भन्दा बढीको सम्पति मात्र जोडेका छैनन् । भएभरका एक दर्जना भन्दाबढी आफ्ना भारतीय विहारी नातेदारहरुलाई २०६३सालमा नागरिकता दिलाएका छन् । स्थनिय प्रहरी प्रशासनको दलाली गर्दै आएका भगेरियाको नागरिकता छानविनको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा परेको भएतापनि दुई दशकदेखि कारवाही भन्दा पनि लेनदेन गर्ने कार्य मात्र भएको छ । पर्सा जिल्ल्लामा आउने प्रजिअले अनुसन्धानको लागी भगरियालाई कार्यालयमा भिकाउने बिचौलियाकै रुपमा भगेरियालाई परिचालित गरि ‘जीओ और जीने दो’ भन्ने हिन्दी उखानलाई चरितार्थ गर्दै आएका छन् ।


