२०७८ श्रावण २०, बुधबार ०७:१९

गौर । प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आम जनताको भावना र भुमि संकटमा परेको अनुभूति भैरहेको बताएका छन् ।

मंगलवार रौतहट आएका प्रदेश प्रमुख अहिराज सदरमुकाम गौरस्थित जिल्ला समन्वय समितिमा कोभिड १९ बाट उत्पन्न भएको समस्याको बारेमा जानकारी लिनका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै नागरिकको जीवन रक्षा ,भुमि भावना र भविष्यको रक्षा प्रमुख विषय रहेको बताए । संचारकर्मीहरु सित जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरुको गरिमामय सहकार्य सम्वन्ध भए नागरिकको जीवन , भुमि भावना र भविष्यको सुरक्षा सम्भव हुने उनले बताए । प्रदेश प्रमुख अहिराजले संचारकर्मी समाजको आइना हो, लेन्स होइन संचारकर्मीहरुले जहिले पनि समाचार दिदा समाजमा सकारात्मक र नवीन योजनाका कुरा र दिशा निर्देशन दिने खालका हुनु पर्नेमा जोड दिए । प्रदेश प्रमुख अहिराजले संचारकर्मीहरुलाई राजनीतिक र अपराधलाई छुट्टा छुटै रुपमा व्याख्या गर्न सुझाव दिदै राम्रो दिशा तर्फ समाज र देशलाई डोर्याउनु पर्ने सुझाव दिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक लगायतका प्रमुखहरुले नागरिकलाइ देश , सिमा ,भुमि तपाईको रहेको र यसलाई सुरक्षा गर्ने अधिकार तपाईको नै भएको चेतना फैलाउनु पर्नेमा जोड दिए । राजनीतिक र अपराधलाई छुट्याउन नसकिदा समाजमा नकारात्मक असर परिरहेको उल्लेख गरे ।

अभाव र अतिवादको चपेटामा समाज बढिरहेको बेला समयमा न्यूनीकरण गरिएन भने कोरोनाको प्रभाव र युवा विद्यार्थीहरु लागूऔषधको र्दुव्यसनमा फसिदै गएकोले समुन्नत समाजको निर्माणमा प्रभाव पर्ने उनको भनाइ थियो । एकता र समावेशिताको सवालमा कुनै पनि अवस्थामा सम्झौता गर्न नसकिने उनले प्रष्टयाए । अन्तरक्रिया कार्यक्रममा सहभागी भएका जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादव , गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले कोरोना भाइरसको संक्रमणबाट उत्पन्न भएको समस्या र समाधान गर्न गरिएको क्रियाकलापको बारेमा जानकारी गराउदै ओझेलमा परेको गौर राइस मिलको जग्गा अधिग्रहण प्रक्रियालाई छिटो समाधान गराउन आग्रह गरेका थिए । रौतहटको शिक्षा र स्वास्थ्यको अवस्था दयनीय हुदै गएकोले स्तरोन्नतिको लागि ठोस कदम चाल्नु पर्ने जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , सशत्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओली , राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मुकुन्द बहादुर खड् काले जिल्लाका शान्ति सुरक्षा , चुनौती र समस्याका बारेमा बिस्तृत जानकारी गराएका थिए ।

गौरमा रहेका जिल्ला अस्पतालमा विषयगत अनुभवी चिकित्सकको परिपुती , वर्षौ देखि अलपत्र अवस्थामा रहेका यातायात कार्यालयको संचालन , संचारकर्मीहरुको विकासको प्रदेश प्रमुख अहिराजलाइ संचारकर्मीहरुले ध्यानाकर्षण गराएका थिए ।

Comment


Related News