कोरानाको तेश्रो लहरबाट बचाउन नेपाली सेना पुर्व त्यारीमा जुटेको छ ।
पहिलो र दोश्रो लहरका बाला नेपाल भारत सिमा नाकाका अवस्थ लथालिग भएको कारण नेपालमा कोरोना संक्रमण अप्रत्यासित रुपमा फैलिएको अवस्थालाई मध्यनज गदै अहिले व्यवस्थापनका पुर्व तैयारीमा नेपाली सेना जुटेको हो ।नेपाल सरकारले भारतबाट भित्रिनेहरुलाई क्वारेन्टाइनमा राख्न सीमा क्षेत्रको नेपाली भूभागमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तिब्रता दिएको छ ।एक हजार व्यक्तिलाई खान,बस्न र निशुल्क चिकित्सा सेवा उपहुने सुविधा सम्पन्न होल्डिङ सेन्टर निर्माण भइरहेको हो । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा नेपाल सरकारले नेपाल भारत सिमाको ८ ठाउमा होल्डीगं सेन्टर निर्माण गर्न थालिएको हो ।वरिगन्ज भन्सार कार्यालय परिसरमा निर्माण भइरहेको होल्डिङ सेन्टरको बजेट २८ करोड रहेको ठेकेदार कम्पनीका इन्जिनियर प्रबेन्द्र चौधरीले बताउनु भयो । सिमामा बन्ने ८ वटा होल्डिङ सेन्टरको बजेट झण्डै २ अर्ब २५ करोडभन्दा बढि रहेको ठेकेदार कम्पनी हनुमान कन्सट्रक्सन ललितपुरका प्रतिनिधिले जनाए । एउटै ठेकेदार कम्पनीले आठ वटै नाकामा निर्माण गर्ने सम्झौता गरेको छ । नेपाल भारत सिमाको झापा,मोरङ,पर्सा,रुपन्देही,कपिलवस्तु,नेपालगंज,कैलालीलगायत नाकामा होल्डिङ सेन्टर निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ ।
वीरगंज–रक्सौल नाकाको लागि वीरगंज १६ ईनार्वा वीरगंज भन्सारको पशिचमपट्टिको गोदाममा यो योजना गत असार २५ गतेदेखि शुरु भएको थियो ।अहिले दैनिक सयभन्दा बढि कामदार काम गरिरहेका छन् ।एउटा प्रशसानिक भवन,एउटा सेन्ट्रल किच्ेन र २० वटा ५० जना अटने क्वारेनटाइन हल गरी कुल २२ वटा भवन निर्माण भइरहेको छ ।दुई वटा भवनको वीचमा एउटा किचेन र पछाडीपट्टि सुविधायुक्त शौचालयको पनि व्यवस्था मिलाइएको छ ।एउटा घरको क्षेत्रफल ११७ फिट लम्बाई र करिब २० फिटा चौडाईको हुनेछ । चण्डी प्रसाद गण श्रीपुर वीरगंजका मेजर नैन बस्नेतका अनुसार केन्द्रीय योजना अनुसार नै काम भइरहेको बताए ।उनले मध्य भदौ सम्म काम सम्पन्न गर्ने सम्mभौता भए तापनि निषेधाज्ञाको कारण काम करिब एक महिना लम्बिने सक्ने बताए ।अगामि असोजको मध्य सम्म काम पुरा गर्ने गरी ठेकेदार पक्षसंग समन्वय गरी काम भइरहेको बताए ।
कोरोनालगायत अन्य संक्रामक महामारीको बेला भारतबाट वीरगंज नाका हुदै नेपाल भित्रिनेहरुलाई सीमा क्षेत्रबाट बोलाएर स्वास्थ्य परिक्षणपछि त्यस क्वारेन्टाइनमा १०देखि १४ दिन सम्म राख्न सकिने छ ।जसले गर्दा महामारी संक्रमणको जोखिम कम होस र राज्य सुरक्षित बनोस भनी सरकारको रणनीति छ ।यसअघि सुविधा सम्पन्न ठाउँ नहुदाँ सीमा क्षेत्रको स्कूल,कलेजमा क्वारेन्टाइन बनाएर शकास्पद व्यक्तिलाई राखिएको थियो ।वीरगंजको होल्डिङ सेन्टरको काम करिब १५ प्रतिशतभन्दा बढि भइसकेको छ ।अहिले फलामे पाइप खडयाउन,बेसको काम गर्न,जोडाई,ट्रस जोडने कामलगायत भइरहेको छ ।


