२०७८ श्रावण २१, बिहीबार ०७:०७

गौर । रौतहटको गरुडा नगरपालिकामा वडाध्यक्षको मनोनित गर्ने विषयमा सर्वदलीय संघर्ष समितिले बुधवार विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय वडा नम्बर २ र ७ का निर्वाचित वडाध्यक्षको निधन भएपछी निर्वाचित सदस्य मध्ये एक जनालाई वडाध्यक्ष मनोनित गरि वडाको काम कारवाही बढाउन दवाव दिदै आएपनि नगर प्रमुख इन्नु राय यादवले कुनै चासो नदेखाउदा प्रतिपक्षी दलका गठवन्धनले प्रदर्शन गरेका हुन् । नगरपालिकामा तालाबन्दी गर्ने गरिएको पुर्व घोषणा कार्यक्रम अन्तर्गत सर्वदलीय संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो । निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद मुस्ताक आलमले रिक्त भएको वडाध्यक्ष पदमा निर्वाचन नभए सम्मको लागि वडाध्यक्ष मनोनित गरिएको पत्र जिल्ला प्रसाशन कार्यालयमा पठाईएको र बोर्डको बैठकबाट चाडै निर्णय गरिने प्रतिवद्धता जनाए पछि तालाबन्दीको कार्यक्रम स्थगित गरिएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको संयुक्त आयोजनामा निकालिएको रैलीमा सहभागी भएकाहरुले नगर प्रमुखको विरोधमा चर्को नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए । नगरपालिकाका अगाडी आयोजना गरिएको कोण सभामा सम्वोधन गर्दै जसपाका नेता कन्थमणि जैसवालले गरुडा नगरपालिकामा भ्रष्टाचार , अनियमितता चरम सिमामा पुगेको बताए । सवै स्थानीय तहको नगर सभा सम्पन्न भए पनि गरुडा नगरपालिकाले अषाढ महिनामा नगर सभा गर्न नसकेको टिप्पणी गरे । उनले भने नगरपालिकाका प्रमुख कागजको कठपुतली जस्तो भएको आलोचना गरे । एउटा नगर प्रमुख हुनु पर्नेमा १३ वटा नगर प्रमुख भएको अनुभूति आम नागरिकले गर्ने गरेको बताए ।

मेयरले आफ्नो स्वविवेकले निर्णय लिन सक्ने अवस्थामा नरहेकोले काम गरेको योजनाको भुक्तानी लिन कठिनाइ हुने गरेको टिप्पणी गरे । मेयरको छोरा तथा केहि निर्वाचित वडाध्यक्षले मेयर भन्दा पहिला कागज पत्र हेर्ने गरेको र भने पछि भुक्तानी गरिने गरेको बताए । मेयरको वरिपरि बस्ने सहायक नगर प्रमुखहरुले मेयरलाइ कागजको मुर्ति जस्तो बनाइ दिएको कारण नगरपालिकामा अनियमितता बढेको उहाको भनाइ रहेको छ । नेपाली कांग्रेसका मेयर प्रत्यासी सुनिल यादवले रौतहटको सवै भन्दा बढी अनियमितताको नाउले गरुडा नगरपालिका प्रसिद्ध भएको टिप्पणी गरे । नगरपालिकाले समयमा नगर सभा नगरेको , सामाजिक सुरक्षाको रकम वितरण नगरेको बताउदै भुक्तानी लिन जादा मेयर , सम्वन्धित फाट प्रमुख , निमित प्रमुख प्रशासकीय अधिकृत , लेखा सहायक समेतले कमिसन माग्ने गरेकोले उपभोक्ता समिति मारमा परेको आरोप लगाए । आन्दोलनकारीहरुले नगरपालिकामा बढेको भ्रस्टाचारको नियन्त्रणको लागि संघर्ष जारी नै रहने उद्घोष समेत गरेका छन् ।

Comment


Related News