२०७८ श्रावण २१, बिहीबार ०७:२३

सर्लाहीको लालबन्दीमा अवैध ढंगले लालबन्दी साझेदारी वन व्यवस्थापन समुह गठन गरिएको भन्दै लालबन्दीका युवाहरुले जिल्ला वन कार्यालय घेराउ गरेका छन् ।

साउन १३ गते जिल्लाको कविलासी नगरपालिका वडा नं ७ स्थित गैरको एक माविमा कार्यक्रम आयोजना गरी अजय यादवको अध्यक्षतामा साझेदारी वन व्यवस्थापन समुह गठन गरिएको थियो । वनको नजिक रहेका र यसको प्रत्यक्ष अप्रत्यक्ष मारमा परेका उपभोक्तालाई वेवास्ता गरि साझेदारी वन व्यवस्थापन समुह गठन गरिएको भन्दै लालबन्दी ६ का वडाध्यक्ष उज्जवल कार्कीसहितका युवाहरुले जिल्ला वन कार्यलय घेराउ गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनिहरुले साउन १३ गते गठन गरिएको वन व्यवस्थापन समिति अपारदर्शी भएको भन्दै त्यस्को खारेजिको माग गरेका छन् । ज्ञापनपत्र मार्फत लालबन्दी नगरवासिको तर्फबाट दुई सुत्रे माग राख्दै, लालबन्दी साझेदारी वनको नवगठित कार्यसमिति बिघटन गर्न ,साझेदारी वनको विधि र प्रकृया संगत वन क्षेत्र वरपरका उपभोक्तालाई समेत समेट्ने गरी नया कार्यसमिति गठन गर्न माग गरिएको छ । कोभिड महामारीको बेला विधि र प्रकृयालाई लत्याएर वनको लागि ज्यानै दिने समुदायलाई पाखा लगाई सुटुक्क कोठे कार्यसमिति गठन गर्नु लज्जाको विषय भएको र हास्यास्पद विषय हो, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्ता गतिबिधिले वन संरक्षणमा आम उपभेक्ताको अपनत्व र पहँुचमा ह्रास आउने भएकाले ७ दिन भित्र उक्त निर्णय सच्याउन ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापन पत्र मार्फत गरिएको मागलाई वेवास्ता गरिए चरणवद्ध कडा संघर्समा उत्रने र परिणाम गम्भिर हुने चेतावनी दिईएको छ ।

Comment


Related News