२०७८ श्रावण २१, बिहीबार १५:३९

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली भएको भन्दै ओलीले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने बताएको छ ।

नेपाल पक्षको आजको स्थायी समिति बैठकले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति र कार्यशैली सच्चाए मात्रै एकताको पहल सहज हुने बताएको हो । बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिनुभयो । उहाँले यसबारे आजै बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने समेत बताउनुभयो ।  उहाँले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्नुभयो । पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिले एकताको माहोल बिथोलिएको निष्कर्ष आफूहरुको रहेको उहाँँको भनाई छ ।

१० बुँदे सहमति कार्यान्वयनमा ल्याउन जटिलता ओलीकै कारण समस्या निम्तिएको उहाँको दावी छ । स्थायी समिति बैठक सकिएसँगै अहिले क्वालिटी बैंक्वेटमा केन्द्रीय समिति बैठक सुरु भएको छ ।

Comment


Related News

Latest News

Trending News