अपडेट 
२०७८ श्रावण २२, शुक्रबार ०७:२३

आन्तरिक राजस्व कार्यालय जनकपुरले ३३ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा आय कर तर्फ रु. २ अर्व ४ करोड २५ लाख ६२ हजार, मूल्य अविबृद्धि कर तर्फ रु १ अर्व ७८ करोड ९८ लाख ०९ हजार र अन्तशुल्क तर्फ रु. ७६ करोड ६३ लाख ३ हजार राजस्व असुली गरेको आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले बताए । गत आर्थिक वार्षिक लक्ष्यको तुलनामा क्रमशः १२१.७८ प्रतिशत, १५३.७६ प्रतिशत र ७६.६३ प्रतिशत राजश्व संकलन गरिएको यादवले बताए । २०७६÷७७ को तुलनामा १ अर्व १८ करोड ९१ लाख ४८ हजार बढी राजश्व संकलन हुदा ३३ प्रतिशतको वृद्धि भएको प्रमुख कर अधिकृत यादवले बताए । कोभिड–१९ को दोस्रो लहरको कारण गरिएको निषेधाज्ञाको बाबजुद पनि कार्यालयको प्रयास र करदाताहरुको सहयोगले लक्ष्य भन्दा ३३ प्रतिशत बढी राजश्व संकलन गर्न सफल भएकोले सेवाग्राहीलाई धन्यवाद दिंदै उनले चालु आर्थिक वर्ष २०७८÷७९ मा कर समयमै तिर्नको लागि आग्रह गरे । आर्थिक वर्ष २०७८÷७९ मा सरकारले आर्थिक अध्यादेश, २०७८ मार्फत बिभिन्न छुट, सहुलियत एवं सुविधाहरु प्रदान गरेकोले सहुलियत उपयोग गर्न यादवले करदातालाई आग्रह गरे । आन्तरिक राजस्व कार्यालय जनकपुर बिगतका अन्तशुल्क कार्यालय र कर कार्यालय एकीकृत भई बि.स. २०५८ मा आन्तरिक राजस्व कार्यालय स्थापना भएको हो । आन्तरिक राजस्व कार्यालय जनकपुरको सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली कार्यक्षेत्र रहेको छ । कार्यालयले सर्लाहीमा मलंगवा र लालबन्दी, महोत्तरीमा जलेश्वर र बर्दीबास, सिन्धुली जिल्लाको सिन्धुली बजार सहित ६ सेवा कार्यालयहरु मार्फत कर प्रशासनको काम गर्दै आएको छ ।

करदाता सेवा कार्यालयहरुबाट करदाता सेवा तथा कर संकलनको कार्यहरु तथा आन्तरिक राजस्व कार्यालय जनकपुरबाट उक्त कार्यहरुको अतिरिक्त कर परीक्षण तथा अनुसन्धान र अन्तःशुल्क सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कार्यालयलाई आन्तरिक राजस्व विभागले आ.व. २०७७÷७८ मा रु. ४ अर्व ६ करोड ६४ लाख ४२ हजार वार्षिक लक्ष्य प्रदान गरेकोमा उक्त आ.व. को राजस्व संकलन ४ अर्ब ७९ करोड २६ लाख ७८ हजार जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो । लक्ष्यको तुलनामा ११७.८६ प्रतिशतको प्रगति प्राप्त गरेको छ । यो पछिल्लो ६ बर्षको तुलनामा सबै भन्दा बढी रहेको छ ।

Comment


Related News

Latest News

Trending News