२०७८ श्रावण २२, शुक्रबार ०७:३४

लालबन्दी । सँसदबाट एमसीसी पास गर्ने चर्चा चलिरहँदा सर्लाहीको लालबन्दी नगरपालिकामा एमसीसी खारेजको माग गर्दै ¥याली निकालिएको छ ।

लालबन्दी नगरपालिका–७ स्थित साझा संस्थाको भवन अगाडीबाट सुरु भएको ¥याली लालबन्दीको डुमडुमे मन्दिर परिसरमा आएर कोणसभामा परिणत भएको थियो । राष्ट्रीय शक्ति नेपालको आयोजनामा भएको कार्यक्रममा एमसीसी खारेज गर्न माग गरिएको थियो । कार्यक्रममा सर्लाही, महोत्तरी , पर्सा बारा, सिरहा र सप्तरीबाट पनि राष्ट्रीय शक्ति नेपालसँग आबद्ध रहेकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा एमसिसि विरुद्ध एमसिसि खारेज गर, विदेशी हस्तक्षेप बन्द गर, एमसिसि चाहिदैँन, देश बेच्न पाईदैन, एमसीसी धोका हो, देश बेच्ने पक्का हो लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिएको थियो । कार्यक्रममा आयोजक समूहकी केन्द्रीय प्रतिनिधि अन्जु थपलिया, रोहित पौडेलशम्भु चौरसीया, पूर्व सभासँद भानु महरा, जिल्ला अध्यक्ष प्रकाश चन्द भट्ट, निर्मला बराल, जिल्ला सचिव केशव महत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि अन्जु थपलियाले बिचौलियाको हातमा देश सुम्पन नहुने र एमसिसि देशको हित विपरीत रहेको भन्दै आक्रोश पोखे । यसलाई खारेज गर्नुपर्ने पनि ¥यालीमा सहभागीहरुले माग गरेका थिए ।

Comment


Related News