अपडेट 
२०७८ श्रावण २२, शुक्रबार ११:५१

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको  छ । हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । यसले गर्दा सुनको भाउ फेरि पनि घटबढ हुन सक्ने अनुमान छ । तर अहिले ]पर्ख र हेर’को अवस्था रहेकाले यसै भन्न नसकिने व्यवसायीले बताएका छन् ।

यसैबीच, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा आज १२ सय ६५ रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News