अपडेट 
२०७८ श्रावण २३, शनिबार ०९:१७

 स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले  कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरपछि परीक्षाको विषयमा निर्णय गर्न बोर्डको बैठक आज बस्न लागेको हो ।  झण्डै चार लाख विद्यार्थी सहभागी हुने कक्षा १२ को परीक्षा स्थगित गर्न मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो ।

कोरोना सङ्क्रमण फैलँदै गएकाले कक्षा १२ को सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो ।  परीक्षाबारे आजको बैठकमा निर्णय हुने बोर्डले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News