नेपाललाईहिन्दुराष्ट्र कायम गराउँनहिन्दुराष्ट्र स्वाभिमानजागरण अभियानपर्सामा गठन गरिएको छ ।
गाउँगाउँ हामी जाऔं—आफनो धर्म आर्फै बचाऔ, धर्म निरिपेक्षतालाई डाँडो कटाऔं हिन्दुराष्ट्र पुन लेखाऔं भन्ने मुलनाराका साथ हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियान अन्तरर्गत पर्सामा गठन गरिएको हो । विश्वहिन्दु परिषदले विभिन्न हिन्दुवादी संघ सगठनको शुक्रबार वीरगन्जमा गराएको भेलाले पूर्व प्रधानाध्यापक सत्रुधन गिरीको संयोजगत्वमा ६ सदस्यीय हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको पर्सा जिल्ला तदर्थ समिति गठन गरिएको हो । नव गठित तदर्थ समितिको सदस्यमा अधिवक्ता विजय कुमार, उपभोक्ता मंचका धिरज शर्मा, अधिकारकर्मी जयकरण मिश्र र सुनिल मल्लिक रहेका छन । तदर्थ समितिले एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिकामा संगठन विस्तार समितिको मुल रुप दिने संयोजक गिरीले बताए । नव गठित तदर्थ समितिका संयोजक गिरीले जिल्लाभर सुतेको हिन्दुलाई जागरुक बनाई आफनो धर्म र संस्कृतिको रक्षाको निम्ती नेपाललाई पुन: हिन्दुराष्ट्र कायम गराई हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानलाई सफल बनाउँन प्रतिबद्धता जनाए । भेलालाई सम्बोधन गर्दै अभियानका अभियानता तथा विश्व हिन्दु परिषद संगठन मन्त्री जितेन्द्र कुमार सिंहले नेपाललाई पश्चिमि मुलुकको ईसारामा जबरजस्ती धर्म निरपेक्ष बनाईएको आरोप लगाए ।
उनले भने, मुलुकका प्रमुख राजनितिक दलहरुले युरोपियन डलरमाआफनो धर्म संस्कारलाई नै बेचेर जबरजस्ती हिन्दु राष्ट्र खारेज गरेका हुनाले नेपाललाई पुन: हिन्दु राष्ट्र कामय गराउँन देशभरीको हिन्दु समाज सगठित हुनुपर्छ । धर्म निरपेक्षताको आड्मा मुलुकमा बढ्दै गएको ईसाई र मुस्लीमिकरणका कारण हिन्दुधर्म नै संकटमा पर्न थालेको भन्दै नेपालमा रहेको ९४ प्रतिशत ओमकार परिवारले समयमै सचेत भई आफनो धर्मको रक्षाको निम्ती पनि अगाडी बढ्नु पर्नेमा जोड समेत उनले दिए । हिन्दु स्वयंसेवक संघ पर्साका संघचालक ललन द्धिवेद्धीको संयोजगत्वमा सम्पन्न भएको भेलामा विभिन्न हिन्दुवादी संघ संगठन, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।


