जनता समाजवादी पार्टी(जसपा)मा अल्पमतमा परेका महन्थ ठाकुर समुहले जिल्लागत रुपमा ‘शक्ति परीक्षण’ गरिरहेको बेला कयौं प्रभावशाली वरिष्ठ नेताहरुले असन्तुष्टि जनाउँदै कार्यक्रम वहिष्कार गरेका छन् ।
ठाकुर समुहले जसपाकै नामबाट शनिवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेताहरु वृशेष चन्द्र लाल, डा.विजय कुमार सिंह लगायतले वहिष्कार गरेका हुन् । ज न क प ु र ध ा म उपमहानगरपालिकाका मेयर लालकिसोर साहले ठाकुर समुहको विभेदपूर्ण कृयाकलापप्रति असन्तुष्टि जनाउँदै सहभागिता जनाउन छाडिसकेका छन् । पछिल्लो पटक ठाकुरले जसपामा आफ्ना प्रभावको मुल्यांकन गर्न आयोजना गरेको कार्यक्रममा प्रभावशाली वरिष्ठ नेताहरुले वहिष्कार गरेपछि भेला खल्लो भएको सहभागिहरुले स्वीकारे । तमलोपाको गठनदेखि नै ठाकुरलाई सघाउँदै आएका लाल, डा.सिंह लगायतका नेताहरुले साथ छाडेपछि कार्यक्रममा समेत खोजी भएको थियो । हाल भइरहेको कार्यक्रम व्यापक छलफलबाट निर्धारण नभएको जनाउँदै वरिष्ठ नेता लालले भने, सामुहिक नेतृत्व, एउटा पार्टीमा कयौं पार्टीहरु रहने प्रकृयाले संगठन निर्माण हुन सक्दैन् । धनुषा जिल्ला मधेश आन्दोलनको क्रममा अग्रणी भूमिका निर्वाह गरेका लाल,डा.सिंह, मेयर साह लगायतका नेताहरुले ठाकुर समुहको कार्यक्रम वहिष्कार गरेपछि युवाहरुद्वारा नेतृत्वको चर्को आलोचना हुन थालेको छ । ठाकुरकै समुहमा रहेका राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल कुमार झाले सामुहिक नेतृत्वको अवधारणालाई निरन्तरता दिर्दै नयाँ पार्टी बनाउने पक्षमा देखिएपछि लाल, डा.सिंह लगायतका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
‘सामुहिक नेतृत्वको अवधारणाबाट संगठन निर्माण हुन सक्दैन्’ नेता लालले भने, विगतमापनि हामीले एकल नेतृत्वमा संगठन सञ्चालन गर्नुपर्ने धारणा राख्दा स्वीकार नगरिएकै परिणाम जसपा विभाजन सम्म पुग्नु हो । जसपा विभाजनको केन्द्रमा रहेका राजेन्द्र महतोले सामुहिक नेतृत्वकै अवधारणाबाट संगठन गर्न दिइरहेको दवावलाई ठाकुर पक्षिय नेताहरुले बिरोध जनाएका छन् । ठाकुर समुहले आयोजना गरिरहेको जिल्ला भेलाहरुमा वृशेषचन्द्र लाल, डा.विजय कुमार सिंह विशेष वक्ताको रुपमा रहने सुची सार्वजनिक गरेको छ ।तर उनीहरुले कुनै कार्यक्रममा सहभागि नहुने बताएका छन् । ठाकुर समुहले जिल्लागत रुपमा सुरु गरेको भेलाको प्रारम्भ नै विवादित र कमजोर देखिएको छ ।ठाकुरलाई पार्टीमा बल पु¥याउने नेताहरुले नै छाडेपछि युवाहरु समेत अलग्गिन थालेका छन् । महतोसित उनी बाहेक कोही बाँकी छैनन् । महतोलाई नेताको रुपमा स्थापित गराउने वरिष्ठ सहयोगी नवलकिसोर साह, लालकिसोर साह, मनिष सुमन, लक्ष्मणलाल कर्ण लगायतका नेताहरुले साथ छाडिसकेका छन् ।उनी ठाकुर समुहमा सबै भन्दा कमजोर अवस्थामा पुगेका छन् । अनिल झाले सिरहा जिल्लामा शुक्रवार गरेको भेलामा तीन दर्जनपनि मानिसको सहभागिता थिएन् ।सिरहामा सुरेश मण्डलले ठाकुर समुहलाई छाडेपछि त्यहाँ नेता, कार्यकर्ता उनको पक्षमा देखिएको छैन् ।


