२०७८ श्रावण २४, आईतवार ०७:२८

सर्लाहीको लालबन्दी नगरपालिकामा मुसहर समुदायका महिलाको उत्थानका लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

लालबन्दी नगरपालिका–७ मा शनिबार संयुक्त राज्य अमेरिका, अन्डेफको सहयोग तथा साउथ एसिया पार्टनरसिप (साप) नेपालको समन्वयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाहीको चन्द्रनगर गाँउपालिकाका अध्यक्ष महेन्द्र महतोको प्रमुख आतिथ्यता रहेको थियो । साप नेपालले सर्लाहीको हरिपुर र बरहथवा नगरपालिका तथा चन्द्रनगर र बसबरिया गाँउपालिकामा सञ्चालन गर्न लागेको नेपालका स्थानीय सरकारमा लैंगिक उत्तरदायी सुशासन प्रवर्दन परियोजनाको बारेमा जानकारी गराउँदै जिल्लामा रहेका मुसहर समुदायका महिलाहरुको विकास तथा उत्थानका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा पालिकाका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत लगायतको उपस्थितिमा सरोकारवाला निकायसँग परामर्श तथा समन्वयात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । साप नेपालका मनोज कुमार पासवानको संचालन रहेको कार्यक्रममा साप नेपालका प्रतिनिधि रामु आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा चन्द्रनगरका अध्यक्ष महेन्द्र महतो, बरहथवा नगरपालिकाकी उपप्रमुख सिता देवी माझी, एनजिओ फेडरेशन संघका माधव सरकार, मुसहर समुदायका अगुवा पंचु माझीलगायतले लक्षित समुदायका महिलाहरुलाई आफ् नो हकहितको बारेमा जानकारी गराउन, स्थानीय सरकारी निकाय तथा पदाधिकारहरु र पुरुष सहकर्मीहरुको जवाफदेहिता अभिवृद्धि गराउनका लागि गर्नुपर्ने पैरवी तथा पहलका बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको समापन गर्दै साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जिल्लाका चार पालिकामा यो परियोजना अन्र्तगत मुसहर महिलाहरुको क्षमता तथा स्थानीय नीति निर्माण प्रकृयामा प्रतिनिधित्व अभिवृद्धि गर्दै लंैगिक उत्तरदायी स्थानीय सरकारको प्रवद्र्धन गर्ने उद्धेश्य रहेको पनि जानकारी दिए। कार्यक्रममा चारै पालिकाका प्रमुख, उपप्रमुख, महिला तथा बालबालिका शाखा, कृषि शाखा लगायत मुसहर सुमदायको उत्थानका लागि काम गरिरहेको संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News