२०७८ श्रावण २४, आईतवार ०७:३८

पोखरिया । पर्साको जगरनाथपुर गाउँपालिकाको छैठो गाउँसभा सम्पन्न भएको छ ।

गाउँसभामा आर्थिक वर्ष ०७८/०७९ को लागि ४० करोड ५ लाख ४६ हजारको बजेट प्रस्तुत भएको थियो । गाउँपालिका अध्यक्ष जालीम मियाँ मंसुरीले एक कार्यक्रमका बिच गाउँसभाको उदघाटन गरेका थिए । अध्यक्ष जालिम मियाँले गाउँपालिकालाई १४ कठा जग्गा दिने घोषणा गरेका छन् । घर घरमा गैस चुल्हा बितरण गर्ने, सबै वडालाई एक आपसमा जोडने सडक संजाल, दलितको घर उज्यालो अभियान अन्तर्गत निशुल्क मिटर र विधुत जडान गर्ने, पालिका अन्तर्गतका कोरोना बिरामीलाई पालिका मै राखि उपचार गर्ने लगायतका योजनालाई बजेटमा प्राथमिकता दिईएको छ । गाउँपालिकामा शिक्षा, स्वास्थ्य ,कृषि, महिला बालबालिका, ज्येष्ठ नागरिक लगायत भौतिक बिकासमा जोड दिएको छ । गाउँपालिकाका बिधालयहरुमा प्राबिधिक शिक्षा दिने जानकारी दिए । जगरनाथपुर गाउँपालिकामा गरिबी अत्यधिक रहेकोले विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन कार्यक्रम लयाउने उनले बताए । आर्थिक वर्ष ०७८/७९ को ४० करोड ५ लाख, ४६ हजार बराबरको अनुमानित बजेट शिक्षा संयोजक रामनरेश यादवले प्रस्तुत गरेका थिए । गाउँसभाबाट समाजिक सुरक्षा कोष ७ करोड, बितिय सामानिकरण तर्फ ११ करोड६८ लाख, प्रदेश सरकार ७९ लाख ८२ हजार, प्रदेश बिषेश अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, आनतरिक अनुदान ६ करोड, गरिब संग बिशेश्वर ५ लाख ४६ हजार लगायत ४० करोड ५ लाख ४६ हजारको बजेट छुट्टयाएको छ ।

गाउँपालिका अध्यक्ष मियाँको अध्यक्षतामा भएको सभामा निमित प्रमुख प्रसाशकिय अधिकृत उतम कार्की, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, वडाध्यक्षहरू मंगरू राउत गदी, प्रभु प्रसाद नुनिया लगायतकाले मन्तव्य राखेका थिए । गाउँसभामा कार्यपालिका सदस्य ,गाउँपालिका महिला र पुरुष सदस्य ,स्थानियबासिन्दा,कर्मचारी ,पत्रकार , सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News