बाराको निजगढ नगरपालिका–१० लालमा निर्मित लाल आधारभूत स्वास्थ्य सेवा केन्द्रको नगरप्रमुख सुरेश खनालले उदघाटन गरेका छन ।
उदघाटनसगै स्वासथ्य केन्द्र संचालनमा आएको छ । उदघाटन पछि आयोजित कार्यक्रमलाई समबोधन गर्दै मेय खनालले वडाका स्थानीय नागरीकहरुलाई प्राथमिक र सामान्य उपचारको पंहुच उपलब्ध गराउन आधारभूत स्वास्थ्य केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नगरपालिका मार्फत प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र संचालन भईरहेकोले नगर भित्रका नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने मेयर खनालले विश्वाश व्यक्त गरे । उक्त स्वास्थ्य केन्द्र मार्फत अहेव र अनमीले स्वास्थ्य सेवा प्रदान गर्ने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले जानकारी दिए । सो स्वास्थ्य केन्द्र भवनको निर्माणकालागी स्थानीय मंजु पौडेल र हिरा मोक्तानले जग्गा प्रदान गरेका थिए ।


