२०७८ श्रावण २४, आईतवार ०७:४८
जीतपुर । प्रदेश २ का पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ३५ लाखको लागतमा लिपनीमालमा निर्मित धर्मशालाको उद्घाटन गरेका छन् ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा निर्मित स्वर्णकार धर्मशालाको पूर्व मन्त्री सोनलले उद्घाटन गरेका हुन् । प्रदेश सभा सदस्य सोनलकै संसदीय कोषको ३५ लाख रुपैयाँको लागतमा निर्मित धर्मशालाको उद्घाटन गर्दै सोनलले धर्मशाला गरिब तथा विपन्न परिवारको लागि उपयोगी हुने विश्वास व्यक्त गरे । धर्मशाला उद्घाटन कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनिल राम, जनता समाजवादी पार्टी (जसपा) का नेता महेन्द्र यादव, सन्त यादव, शिव पुजन साह, महेन्द्र साह लगायतको सहभागिता रहेको थियो ।


