जनता समाजवादी पार्टी(जसपा)को पहिलो पटक केन्द्रिय कमिटीको बैठक आव्हान गरिएको छ ।
पार्टीका कार्यकारिणी समिति सदस्य रहेका प्रकाश अधिकारीले आइतवार जारी गरेको सुचनामा भदौ १र २ गते केन्द्रिय कमिटीको बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने उल्लेख छ । निर्वाचन आयोगमा उल्लेख भए अनुसार नै ८ सय सदस्यीय केन्द्रिय कमिटीको बैठक बोलाइएको छ ।तर केन्द्रिय समितिमा अध्यक्ष उपेन्द्र यादव समुहका ४ सय जना र महन्थ ठाकुर पक्षबाट भण्डै २ सय जना केन्द्रिय सदस्य बैठकमा सहभागि हुने बताइएको छ । ठाकुर समुहले केन्द्रिय सदस्यहरुको सुची पार्टी कार्यालयमा नबुझाएको कारण सदस्यको संख्या अझै निश्चित भइ सकेको छैन् ।पहिलो बैठकमा सहभागि हुनेको अधारमा नाम निर्वाचन आयोगमा पठाइने छ ।पूर्व समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)को एकिकरणपछि दुवै पार्टीबाट ४÷४ सय केन्द्रिय सदस्य रहने सहमति भएको थियो ।तर पूर्व राजपाको तर्फबाट ठाकुर समुहले सदस्यको सुची नदिएपछि कार्यकारिणी समितिले ७ सदस्यीय समिति बनाएर छानविनगरि सो समुहबाट नाम संकलन गरिएको थियो । कार्यकारिणी समितिले गरेका विभिन्न निर्णयलाई केन्द्रिय कमिटीबाट अनुमोदन गराइने छ ।संगठन सुदृढीकरणको अभियानलाई प्रभावकारी रुपमा बढाउन बृहत्त छलफल बैठकमा हुने बताइएको छ । ठाकुर समुहले जसपाकै बैनर राखेर बृहत्त अगुवा कार्यकर्ता भेला गरिरहेको बेला आधिकारिक अध्यक्ष यादवले केन्द्रिय समितिको बैठक आव्हान गरेका हुन् ।ठाकुर समुहको भेलामा सहभागि केन्द्रिय समिति सदस्यलाई भने बैठकमा निषेध गरिएको छ ।
‘ठाकुरको भेलामा सहभागि हुने जसपाको आधिकारिक पार्टीमा रहेको मानिने छैन्’अधिकारीले भने, केन्द्रिय सदस्य भएपनि भेलामा सहभागिलाई केन्द्रिय कमिटी बैठकमा सहभागि गराइने छैन् । ठाकुर हाल तराईका जिल्ला दौडहामा छन् ।ठाकुर समुहको भेलामा उनीहरुले सर्वाधिक विश्वास गरेका वरिष्ठ नेताहरुले नै कार्यक्रम वहिष्कार गर्न थालेका छन् ।ठाकुर निकटका नेताहरुले राजेन्द्र महतोलाई अध्यक्षीय हैसियतमा नराख्न दवाव दिइरहेका छन् ।यादव समुहले आधिकारिकता प्राप्त गरेसँगै महतो एक्लिएका छन् । जसपामा यादवपछि बढी सांसद÷सभासद र कार्यकारिणी सदस्य रहेको महतोसित हाल कोहीपनि छैन् ।उनकै कारण जसपा बिभाजन भएको आरोप ठाकुर पक्षिय नेताहरुको छ । ठाकुर समुहमा बिद्रोह हुने संकेत देखिएको बेला यादवले भने जोखिम मोल्न चाहेका छैनन् ।उनले सरकारमा सहभागि हुनपनि ढिलाई गरेका छन् ।सरकार जादा सांसदहरुमा असन्तुष्टि हुन सक्ने संभावनालाई दृष्टिगतगरि उनले सरकारलाई प्राथमिकतामा नराखी केन्द्रिय कमिटीको बैठकमा नेताहरुको ध्यान केन्द्रित गरेका छन् ।

