२०७८ श्रावण २५, सोमबार ०७:२०

मलंगवा । जनता समाजवादी पार्टीका नेता तथा पुर्ब मन्त्री राजेन्द्र महतोले मधेशी एकतालाई कमजोर बनाउन खोज्ने तत्वलाई जनताले नै सजाय दिने बताएका छन् ।

निर्वाचन आयोगबाट आधिकारिता गुमाएको जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहको आइतबार मलंगवामा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा पीडित मधेशी जनताले मधेशी पार्टीहरू एकजुट हुनुपर्ने चाहना राखेको उनले बताए । जनताको चाहना बमोजिम उपेन्द्र यादवसंग एकता गरेका थिए । उपेन्द्र यादवले मधेशी जनताको मर्म बिपरित एकतालाई षड्यन्त्र पुर्ण तरिकाले भाँड्ने प्रयास गरेको उनले बताए । मधेशी जनताको चाहना बिपरित कार्य गरेकोले मधेशी जनता यस्ता तत्वलाई सजाय दिनेछन महतोले बताए । सोही कार्यक्रममा प्रदेश २ का पुर्ब भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनलले उपेन्द्र यादवले धोका दिएको कुराहरू समेटिएको ५ पेजका अपिल पत्र अगुवा कर्याकर्ताहरूलाई पढेर सुनाए । कार्यक्रममा जसपा पार्टीबाट निर्बाचित प्रदेश सांसद तथा पालिकाका प्रमुखहरूलाई धम्की दिने कार्य उपेन्द्र यादव पक्षका नेताहरूबाट भईरहेको कुरा सर्लाहीको गोडैता नपाका प्रमुख देवेन्द्र यादवले बताए । महन्थ र राजेन्द्रको पछाडि लागे सबैको पद समाप्त हुने धम्की दिने कार्यहरू भईरहेको उनले बताए । गत शुक्रबा प्रेस विज्ञप्ती निकालेर जसपाको उपेन्द्र यादव समूहका सर्लाही अध्यक्षद्वय वीरेन्द्र कुमार राय र कौशल किशोर यादवले आईतबार आयोजना गरिएको कार्यक्रम जसपाको आधिकारिक कार्यक्रम नरहेको उल्लेख गरेका थिए ।

कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा भएको भेलामा पूर्व राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य गौरीनारायण साह, उपेन्द्र महतो लगायतले सम्वोधन गरेका थिए ।

Comment


Related News