२०७८ श्रावण २५, सोमबार ०७:२३

जनकपुरधाम । प्रदेश २ सरकारले खरिद गरेको वारुण यन्त्र प्रदेश प्रहरीले आफ्नो जिम्मा लिन अप्रत्यक्ष रुपमा ईन्कार गरेको छ ।

वारुण यन्त्र सञ्चालनमा खर्च लाग्ने भएको र उक्त खर्च व्यवस्थापन नभएर सम्म आफुहरुले वारुण यन्त्र जिम्मा नलिने प्रदेश प्रहरीले जनाएको छ । वारुण यन्त्र सञ्चालन गर्न आवश्यक पर्ने ईन्धन, मर्मत सम्भारको लागि आवश्यक पर्ने बजेट लगायतका माग गरेपछि प्रदेश सरकारले वारुण यन्त्र प्रहरीलाई जिम्मा लगाउन अलमलमा परेको छ । तत्कालीन आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादवले वारुण यन्त्र सञ्चालन सम्बन्धी कार्यविधि नै नबनाई कमिशनको प्रलोभनमा ९ वटा वारुण यन्त्र हतारमा खरिद गरेका थिए । उनले ती वारुण यन्त्र आगलागी तथा आन्दोलनको समयमा प्रयोग गर्ने उदेश्यले प्रदेश प्रहरीलाई जिम्मा लगाउने बताएको थियो । तर वर्तमान आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी अझै प्रदेश मातहतमा आउन नसकेकोले त्यसमा लगानी गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिदै आएका छन् । य

स्तो अवस्थामा खरिद गरिएको वारुण यन्त्रहरु लामो समयदेखि मधेश भवनको परिसरमा थन्काईएर राखिएको छ । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी उमेश रंजितकारले भने,‘ वारुण यन्त्र चलाउन हामी आफ्नो जनशक्ति दिन्छौ । तर वारुण यन्त्र सञ्चालनको लागि चाहिने ईन्धन, मर्मत सम्भारको लागि खर्च त प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्छ भनेर माग गरेका छौ । ’ ‘अहिले हामीसँग भएका गाडीहरुकै सञ्चालनको लागि चाहिने ईन्धन तथा मर्मतको लागि वजेटको अभाव हुन्छ । यस्तो अवस्थामा थप सवारीको लागि चाहिने इन्धन तथा मर्मतको खर्च कहाँ बाट ल्याउछौ ? उनले भने । प्रदेश सरकारले ती वारुण यन्त्रहरु प्रत्येक जिल्ला प्रहरी कार्यालयमा राख्ने भनेको छ । तर प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आफ्नै जनशक्तिको अभाव रहने गरेकोले ती वारुण यन्त्रहरु जिल्लामा नभई प्रहरी तालिम केन्द्र र गणहरुमा मात्रै राख्न सक्ने प्रदेश सरकारलाई जानकारी गराईएको डिआईजी रंजितकारले बताए । यता, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव विरेन्द्र यादवले वारुण यन्त्र प्रदेश प्रहरीलाई हस्तान्तरण गर्ने विषयमा छलफल भईरहेको बताए । वारुण यन्त्र जिम्मा लगाउने विषयमा प्रहरीसँग एक/दुई पटक छलफल भएको छ, सचिव यादवले भने,‘ उहाँहरुले केहि प्रस्ताव राख्नु भएको छ, तर त्यस विषयमा अहिले सम्म कुनै टुंगो लाग्न सकेको छैन ।’

Comment


Related News

Latest News

Trending News