प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले ‘मगही दर्पण स्मारिका’को विमोचन गरेका छन् ।
आइतबार जनकपुरस्थित गायत्री कुञ्चमा मगही फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा मन्त्री साहले ‘मगही दर्पण स्मारिका’को विमोचन गरे । विमोचन समारोहमा बोल्दै मन्त्री साहले मगही भाषाको जगेर्ना र उत्थानका लागि प्रदेश सरकार आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाए । उनले मैथिली र भोजपुरी जस्तै मगही महत्वपूर्ण मौलिक भाषा रहेको उल्लेख गरे । प्रदेश २ मा बोलिने सबै भाषाको उत्थान गर्न प्रदेश सरकार सदैव सकारात्मक रहेको उनले प्रतिवद्धता समेत जनाए । कार्यक्रम मन्त्री साहको प्रमुख आतिथ्य र फाउण्डेशनका अध्यक्ष बीर बहादुर महतोको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।


