२०७८ श्रावण २५, सोमबार १८:१७
१ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोटसहित तीनजना रौतहटबाट पक्राउ परेका छन् ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ४ मा रहेको कालिमन्दिर नजिकै पैदल र सवारी साधानबाट आवतजावत गर्ने मानिसहरुलाई रोकेर चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धुनषा बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चमरीयाले बताए ।


