२०७८ श्रावण २६, मंगलवार ०७:३५

राजविराज । सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश २ को वहुप्रतिष्ठित अभियानको रुपमा रहेको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत सोमबार एकै दिन सप्तरीको ५ वटा विद्यालयहरुमा कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरेका छन् ।

सप्तरीका शंकर मावि सुव्वाटोल,चुमनहरी मावि मयननकडेडी,मावि डिमन,मावि गोईठी,जनता मावि लोहजाराका कक्षा ८ का छात्राहरुलाई साईकल वितरण गरेका हुन् । कार्यक्रममा कंचनरुप न. पा. का नगरप्रमुख वसन्त कुमार मिश्र, तिरहुत गापाका अध्यक्ष हेमन्त कुमार वहरखेर,उपप्रमुख तिर्थमाया खंग,जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव,पुर्व जिल्ला उपसभापति भुपेन्द्र चौधरी, जसपा केन्द्रीय सदस्य कल्पना चौधरी ,श्याम सरदार,तिरहुत गा पा –०४ का वडा अध्यक्ष मनोज कुमार यादव,जसपा नेता चितरन्जन सढोक,पत्रकार भुपदेव माली लगाायतको उपस्थित रहेको थियो ।

 

Comment

Related News

Latest News

Trending News