अपडेट 
२०७८ श्रावण २६, मंगलवार ०७:३९

केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो ।

नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार ९३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ७ हजार ९३० को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २१ हजार ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २० करोड ४० लाख ९७ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १८ करोड ३२ लाख ७४ हजार ९७४ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ४३ लाख १५ हजार ७६३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ११५ जनाको ज्यान गएको छ । ३६ हजार २८८ सक्रिय संक्रमित रहेका छन् भने ७ लाख १७ हजार ४८६ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ६ लाख ७१ हजार ८३ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News