अपडेट 
२०७८ श्रावण २६, मंगलवार ११:४५

विश्व स्वास्थ्य सङ्गठनले दुई हजारभन्दा बढी अक्सिजन कन्सेनट्रेरहरु र अत्यावश्यक मेडिकल सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्रदान गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले कोभिड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दै आएको निरन्तर सहयोगको एउटा हिस्साको रूपमा १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरू नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भएको कार्यक्रममा २५०,००० एम्पल्स डेक्सामेथाजोन, २००० अक्सिजन कन्सनट्रेटरहरु, २४,००० वटा भेन्चुरी मास्क, करिब ५००,००० अक्सिजन नसल क्यानुला, ६००,००० मास्क (FFP2 respirator) र ५००,००० सर्जिकल ग्लब्स सहितका सामग्रीहरू विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समाग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ति    व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरूमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरू ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको छ ।

महामारीको सुरुवातदेखि नै कोभिड – १९ को प्रतिकार्य गर्न विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले ल्याबको क्षमता विकास, दक्ष जनशक्तिहरूको क्षमता विकास, नीति र निर्देशिकाहरुको निर्माण लगायत विभिन्न क्षेत्रमा सहयोग  गर्दै आइरहेको छ ।

Comment


Related News

Latest News

Trending News