अपडेट 
२०७८ श्रावण २६, मंगलवार १४:२७

भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या २८ हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार दैनिक नयाँ संक्रमितको यो संख्या १४७ दिनयताकै कम हो । पछिल्लो २४ घण्टामा भारतमा १५ लाख ११ हजारभन्दा धेरै नमुनाको कोरोना परीक्षण गरिएको थियो । यो अवधिमा कोरोना संक्रमणको कारण ३७३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या चार लाख २८ हजार ६८२ पुगेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि तीन लाख ८८ हजारमा झरेको छ । अहिलेसम्म भारतमा ५१ करोड ४५ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News