२०७८ श्रावण २७, बुधबार ०७:१२
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ३ स्थित भजन किर्तन गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यू हुनेमा लक्ष्मीनियाँ गाउँपालिका ३ का अन्दाजी ४५ वर्षीय बिन्दा दास र सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिराम यादव छन् । माइकमा करेन्ट प्रवाह भएपछि उनी दुबै जनाको मंगलबार सांझ घटनाथलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुलन यादवले आफ्नो घरमा भजन किर्तनको कार्यक्रम आयोजना गरेका थिए । प्रहरीका अनुसार मृतक दुबै जना भजन मण्डलीको रुपमा त्यहां पुगेको थियो । मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।


