२०७८ श्रावण २७, बुधबार ०७:१९

वीरगञ्ज । वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले सामुदायिक वन दिवस २०७८ को अवसर पारेर पर्सा जिल्लाको सबैया साझेदारी वन व्यवस्थापन समुहलाई पुरस्कृत गरेको छ ।

सामुदायिक वन दिवस २०७८ को अवसरमा गणेशमान सिंह समुदायिक बन राष्ट्रिय पुरस्कारबाट सबैया साझेदारी वन व्यवस्थापन समुहका अध्यक्ष लखन लाल साह कानुलाई नगद ५५००० र सम्मान पत्र प्रदान गरिएको छ । सो अवसरमा डिभिजन वन कार्यालयका निम्त डिभिजनल वन अधिकृत फरमान मियाँलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो । सबैया साझेदारी वन व्यवस्थापन समुहले आ.ब. २०७४÷०७५ मा डिभिजन वन कार्यालयका रेन्जर रेयाज अहमद अंसारीको नेतृत्वमा जंगलको अतिक्रमित जग्गा हटाईएको र सो जग्गामा तारवार गरि वृक्षारोपण गरेका थिए । सो जग्गा अहिले जंगलमा परिणत भएको छ । सहज रुपमा काठ दाउरा बिक्री वितरण सहजै रुपमा उपभोक्ताले सेवा लिन सकेको छ । सबैया साझेदारी वन समुहले समुदाय स्तरमा बिभिन्न किसिमका तालिम, गोष्ठीहरु गरेर समाजमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

गणेशमान सिंह राष्ट्रिय पुरस्कारबाट पर्साको सबैया वन व्यवस्थापन समुहलाई पुरस्कार प्रदान गरिएको डिभिजन वन कार्यालय पर्साका अधिकृत एवं सबैया साझेदारी वन व्यवस्थापन समुहका सदस्य सचिव रेयाज अहमद अंसारीले बताए ।

Comment


Related News