२०७८ श्रावण २७, बुधबार ०७:२२

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा सोमबार राती एक हार्डवेयर पसलमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ ।

स्थानीय सन्जय साह सुँढीले आफ्नै दुई तले घरमा संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो । व्यापारी साहले आगालागीमा परेर ४० देखि ४१ लाख रुपियाँ बराबरको समान जलेको बताउनु भएको ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए । आगलागीमा परेर महँगाखाले पेन्टिङका सामग्री धेरै जलेको पीडितले बताएका छन् । राती पौने १ बजेतिर सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र मलङ्गवाबाट आएको दमकलको सहयोगमा झण्डै एक घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयवासीले पसलमा आगलागी नभई कसैले आगजनी गरेको हुनसक्ने आशङ् का गरेका छन् । यस सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

Comment


Related News