सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेको छ ।
गएको आइतबार तोलामा १५ सय रुपैयाँ र सोमबार एक हजार रुपैयाँले घटेको सुनको भाउ हिजो भने दुई सय रुपैयाँले बढेको थियो । आज फेरि तोलामा चार सय रुपैयाँले घटेर ८८ हजार ८ रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।