गरुडा । जनता समाजवादी पार्टीका नेता वृज किशोर यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिका ९ धरहरीमा बुधवार सजपा वडा कमिटीले आयोजना गरेको समाजवादी युवा मञ्चको गठन कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका प्रदेश २ का सदस्य समेत रहेका नेता यादवले समाज परिवर्तन र देश विकासका लागि युवा शक्ति मेरुदण्ड भएको बताए । पछिलो समय रौतहट क्षेत्र नं ३ को खमा पुर्व नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु विकासको नाममा ब्रहमलुट मच्चाएको नेता यादवले आरोप लगाए । आफुले गरेको भ्रष्टाचार लुकाउन तथा ढाकछोप गर्न उनिहरु छुट्टै संगठन निर्माण गरेर उल्टै भ्रष्टाचार र लुट आतंक बन्द गर्न झुठो नारा जुलुस लगाएर जनतालाई भ्रमित गर्ने काम गरेको रौतहट क्षेत्र नं ३ खका प्रदेश सांसदको प्रत्याक्षी समेत रहेका नेता यादवले बताए । भ्रष्टाचारीलाई राम्ररी सवक सिकाउन तथा लुट आतंक बन्द गर्न एवं विकास निर्माण कार्यलाई अगाडि बढाउन सम्पुर्ण युवालाई एकजुट हुन उनले अनुरोध गरे । युवा शक्ति एकजुट नभएसम्म अराजकता, लुट, आतंक एवं भ्रष्टाचार अन्त्य हुन नसक्ने बताउँदै उनले समाजमा व्याप्त विभिन्न किसिमका विकृति, विसंगति, लुट, आतंक, अराजकता र भ्रष्टाचारलाई अन्त्य गरी सुशासन कायम गर्न युवालाई एकढिका भएर लाग्न आह्वान गरेका हुन । नेता यादवले भ्रष्टाचार अन्त्य गर्न तथा देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिए । नागरिकको अबको एक मात्र सपना समृद्धि हो उनले अघि भने समृद्ध भविष्यको सपना पूरा गर्नु, वर्तमानको थालनी र निरन्तरता अपरिहार्यता हो वर्तमान समय जति युवाका लागि महत्वपूर्ण छ त्यति नै देशको समृद्धिका लागि युवाको आवश्यकता छ ।
त्यसैले सम्पुर्ण युवा शक्तिलाई जागरुक भइ नयाँ युग निर्माण एवं देशमा विकास र परिवर्तनका लागि अहम भुमिका खेल्नुपर्ने उनले बताए । सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले आफुले गरेको विकास निर्माणको कार्य देखेर केही विपक्षीहरु आतिएको र आफुलाई बदनाम गर्ने षडयन्त्रमा लागेको बताएका छन । स्थानीय तहको निर्वाचनमा आफुबाट पराजित भएकाहरु पराजित भएको रिऋ साध्न आफना बारेमा विभिन्न किसिमको आरोप प्रत्यारोप लगाएर जनतालाई भ्रमित गर्ने काम गरेको मेयर पटेलले बताए । प्राकृतिक विपद्मा परेकालाई बाँडनका लागि गोदाममा स्टाक गरी राखिएको अवस्थामा वर्षाको पानीले भिजेर नष्ट भएको १५ बोरा चामल मात्र खाल्डो खनेर गाडेको विषयलाई विपक्षीहरु गलत प्रचारबाजी गरी जनतामा भ्रम फैलाएको उनले बताए । पानीले नष्ट भएका १५ बोरा चामल मात्र गाडेको भएपनि गरिव जनतालाई बाँडनको लागि आएको सयौं बोरा राहत सामग्रि कुहाएर मेयर पटेलले गरिव जनतासँग खेलवाड गरेको भनी गलत प्रचारबाजी गरेर आफुलाई बदनाम गराउने काम गरेको उनले बताए । आफुले नगरमा शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, कृषि लगाएतका क्षेत्रका साथै सडक, एवं भौतिक पुर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ द्रुत गतिमा अगाडि बढाएको मेयर पटेलले बताए । आफुले गरेको विकास निर्माणका कार्य विपक्षीहरुलाई अपच भएकोले उनिहरु आफुले गर्ने गरेको हरेक काममा खुट्टा तान्ने काम गरेको उनले बताए । विपक्षीहरु जति खुट्टा ताने वा जस्तोसुकै जति षडयन्त्रण गरेपनि आफुलाई केही फरक नपर्ने उनले बताए ।
हत्या, हिसां, लुट, आतंक एवं भ्रष्टाचारलाई अन्त्य गर्न तथा सुशासन कायम गर्न नगरपालिकामा जसपा निकट समाजवादी युवा मञ्च गठन गर्ने काम तिव्रताका साथ अगाडि बढाएको समेत उनले बताए । भ्रष्टाचार अन्त्यका लागि युवाले अह्म भूमिका खेल्नुपर्ने उनले बताए । नेपाली युवाको मस्तिष्कमा इमान्दारी, हृदयमा वफादारी, हातमा सीप विहानीको सुर्य, सिर्जनाका फुलवारी, मनमा जोश जागर, हृदयमा इमानदारी एवं काँधमा जिम्मेवारी भएको हुनाले हरेक युवालाई विकास निर्माणको काममा पनि सहभागि गराउन युवा मञ्च गठन गर्ने कार्यलाई दृढताका साथ अगाडि बढाएको उनले बताए । मेयर पटेलको प्रमुख आतिथ्य तथा वडा नं ९ धरहरीका वडा अध्यक्ष राजेश साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भारतिय भोजपुरी गायक विक्की राज र नेपाली गायक नवीन सिंह लगाएतका कलाकारले जोडदार प्रस्तुती दिएका थिए ।


