२०७८ श्रावण २८, बिहीबार ०७:१४

मलगंवा । सर्लाहीको इश्वरपुरमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । इश्वरपुर नगरपालिका वडा न– ८ खाल्टे बजारमा नवनिर्मित उक्त सामुदायिक भवनको प्रदेश २ का सांसद उपेन्द्र महतोले एक औपचारिक समारोहका बिच उद्घाटन गरेका थिए ।

सांसद महतोको निर्वाचन क्षेत्र विकाश कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको निर्माण समितिले जनाएको छ । भवन निर्माण पश्चात त्यस क्षेत्रमा हुने सामाजिक कार्यक्रमहरुमा सहजता आउने बिश्वास लिइएको स्थानीयहरुले बताएका छन् ।

Comment


Related News