लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिकामा बुधबार स्थानीयलाई मास्क वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ५ को मजुर्वा बजारमा बुधबार १ हजार जनालाई मास्क वितरण गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नेपाल मास्क अभियान अन्तर्गत प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल नामक संस्थाले वडा कार्यालयसँग समन्वय गरी व्यापारी र बजारमा रहेका नागरिकलाई मास्क वितरण गरिएको हो ।
हरिपुर नगरपालिका–५ का वडाध्यक्ष मन्सुर अन्सारीको रोहबरमा स्थानीयहरुलाई मास्क लगाउने तरिका, मास्क लगाउनु पर्ने कारण र यसको महत्वका विषयमा सचेत समेत गराएको संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।
उनले वडा र पालिकाहरुसँग समन्वय गरी आगामी शुक्रबार २९ गतेसम्म मास्क वितरण र सचेतना अभियान संचालन गरिने बताएकी छिन् । विज्ञहरुले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका बेला सर्लाहीमा भने अधिकांशले मास्क लगाउन छाडिसकेका छन् भने स्वास्थ्य मापदण्डको पालना भइरहेको छैन् ।


