२०७८ श्रावण २८, बिहीबार १३:४०

ज्वाइँलाई छाेरा भनेर नागरिकता बनाइदिएकाे आराेपमा ससुरासहित तीन जना जेल चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले भारतीय नागरिकलाई कीर्ते  कागजात बनाएर नागरिकता बनाइदिएकाे आराेपमा ज्वाइँ ससुरासहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएकाे जानकारी दिनुभएकाे हाे ।  राजविराज नगरपालिका-१५ बस्ने ससुरा देवेन यादव, उनका ज्वाइँ शिवनन्दन यादव र कीर्ते कागजात तयार पार्ने सञ्जिव कुमार यादव जेल चलान भएका हुन् । सप्तरी जिल्ला अदालतमा मुद्दाको सम्पूर्ण अनुसन्धानपछि सक्कलै मिसिल कागजातहरु पेस गरेकाे आधारमा प्रहरीले उनीहरुसहित सुरेश कुमार यादवलाई पक्राउ गरेकाे थियाे । सुरेश कुमार यादवलाई दाेषी नदेखिएपछि छाडिएकाे प्रहरीले जनाएकाे छ ।

सञ्जिव कुमार यादवसँग मिलेमतो गरी राजविराज नगरपालिका-१५ का वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत कीर्ते खडा गरी कागजातहरु तयार पारेर नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको बेला उनीहरु पक्राउ परेका थिए ।

Comment


Related News