२०७८ श्रावण २९, शुक्रबार ०७:३४

वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका १५ ब्रह्मपुरी चोकस्थित एक होटलमा छापा मारेर प्रहरी पेस्तोलसहित तीन जनालाई बिहीवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज उपमहानगरपालिका १२ का ३५ वर्षीय अनिल साह, धरानका ३२ वर्षीय रवि पौडेल र पर्साकै पकाहा मैनपुर गाउँपालिका ७ का ४० वर्षीय विजय कुमार पटेल रहेका छन् । उनी तीनैजना हतियार खरिद विक्रीमा संलग्न रहेको प्रहरीको दावी छ । विशेष सूचनाको आधारमा होटलमा छापा मारेर उनीहरुको शरिर खानतलासी गर्दा अनिलको साथबाट एक थान पेस्तोल बरामद भएको थियो । त्यसपछि अनिलसँगै रहेका पौडेल र पेटललाई समेत पक्राउ गरी अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

 

Comment


Related News