अपडेट 
२०७८ श्रावण २९, शुक्रबार ०७:४१

बीरगञ्ज । “खाद्य प्रणालीमा रुपान्तरण, मानव र भुमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन “ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय युवा दिवस वीरगञ्जमा पनि मनाइएको छ ।

युवालय, दिब्य युवा क्लब, चाइल्ड हब नेपाल, युवा वचन, हण्ड्रेड ग्रुप्स, एनजिओसिसि पर्सा, एनसिई लगायतका संघ संस्थाहरुको सहकार्यमा दिवस मनाइएको हो । सो अवसरमा ‘युवा व्यवस्थापनको आधार, शिक्षा र रोजगार’ विषयक वक्तृत्वकला प्रतियोगिता र प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको घण्टाघरबाट युवालयका कार्यसमिति सदस्य जया साहको नेतृत्वमा शुरु भएको प्रभातफेरी वीरगञ्जको माइस्थान हुँदै नगर परिक्रमा गरेर पुनः घण्टाघरमा आएको कोणसभामा परिणत भएको थियो । एनजिओसिसि पर्साका अध्यक्ष इब्राहिम देवानको सभापतित्वमा भएको कार्यक्रममा बुधवार सम्पन्न वक्तृत्वकला प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम सूर्यनारायण वि.क., द्वितिय सुनिल न्यौपाने, तृतिय राहुल पटेल र गङ्गा श्रेष्ठले शान्तवना स्थान हासिल गरेका थिए । २५ जना प्रतिस्पर्धीहरुको सहभागि रहेको कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा डा. सुष्मा तिवारी द्विवेदी, डा. दिपेन्द्र कुमार चौधरी र ओमप्रका सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै युवा अभियानता ओमप्रकाश सर्राफले भोलीको भविष्यकर्ता भनिने युवाहरु लागुऔषध, कुलत जस्ता दूव्र्यसनमा फस्न नहुनेमा जोड दिए । सामाजिक कार्यहरुमा सरिक हुने र समाजलाई नजिकबाट नियाल्नुका साथै पुस्तक पढ्ने बानीले युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व विकास हुने युवा अभियानता सर्राफको भनाई छ ।

पुरस्कार वितरण समारोहमा सामाजिक अभियानता प्रकाश थारु, एनजिओसिसिका कोषाध्यक्ष बिनोद यादव, चाइल्ड हब नेपालका अध्यक्ष आमिर हवारी, हण्ड्रेड ग्रुपका अध्यक्ष बिनय गिरी, एनसिईका महासचिब रामप्रवेश कुश्वाह लगायतको उपस्थिती रहेको थियो । युवा बचनका अध्यक्ष किशु सर्राफले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण युवालयका कार्यसमिती सदस्य जया साहले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News