अपडेट 
२०७८ श्रावण २९, शुक्रबार ०७:४९

जनकपुरधाम । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर जनकपुरधाममा बिहीबार युवा र दुव्र्यसन विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

‘खाद्य प्रणालीमा रूपान्तरण  मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ जनकपुरधामसहित नेपालभर अन्तराष्ट्रिय युवा दिवस मनाइयो को हो । पिपल प्रोमोट सेन्टर( पीपीसी) जनकपुरको सहकार्यमा राष्ट्रिय अभियान नेपाल (एनसीई) धनुषाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले युवाहरुलाई दुव्र्यसनीबाट रोक्न सबैको पहलको आवश्यक्ता औंल्याए । एनसीई धनुषाका अध्यक्ष समेत रहेका पीपीसीका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिपक झाले बेरोजगारीको कारण युवाहरु दुव्र्यसनमा फस्ने गरेको जिकिर गरे । यसको लागि राज्यले रोजगार मूलक कार्यक्रमहरु ल्याउनुपर्नेमा उनले जोड दिए । खुला सीमाका कारण युवाहरु छिमेकी राष्ट्र भारतको विभिन्न बजारबाट लागूऔषध ल्याएर सेवन गर्ने गरेको दावी उनले गरे । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

दुव्र्यसनी विरुद्ध चौतर्फी अभियानको आवश्यक्ता पत्रकार श्याम सुन्दर शशीले औल्याए । जयवीर साहले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रवि मण्डल, सीएफडब्लुएका लक्ष्मेश्वर मण्डल, लालबाबु हाथी, आसमान नेपालका उमेश मण्डल, हनुमान सामुदायिक संस्थाकी उषा साह, लक्ष्मी साह लगायतले आ आफनो मन्तव्य राखेका थिए ।

 

 

Comment


Related News

Latest News

Trending News