अपडेट 
२०७८ श्रावण २९, शुक्रबार ०८:००

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई जनसंख्याको अनुपातमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन केन्द्रिय कोरोना संकट व्यवस्थापन केन्द्रसंग मांग गरेका छन् ।

सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित मुजेलियास्थित ग्रामिण प्रशिक्षण केन्द्रमा बसेको पिसिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले यस्तो मांग गरेका हुन् । सबैभन्दा बढी जनघनत्व तथा भारत संगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेको प्रदेश २ लाई जनसंख्याको अनुपातमा खोप उपलब्ध हुन नसकेको मुख्यमन्त्री राउतले गुनासो गरे । विगतमा केन्द्रिय नेतृत्वलाई कोरोना महामारीको जोखिम बारे बुझन प्रदेश २ को स्थलगत अनुगमनको लागी पटक पटक आग्रह गर्दा समेत आउन नचाहेको अवस्थामा शर्मा नेतृत्वको टोली प्रदेशमै आएर छलफल गरेकोमा उनले धन्यवाद समेत ज्ञापन गरे । महामारी नियन्त्रणका लागि आफुहरु उच्चतम प्रयास गर्दै पहिलो र दोस्रो लहरलाई नियन्त्रणमा लिन सफल भएको उल्लेख गर्दै उनले सम्भावित तेस्रो चरणको लागी समेत तयारी अवस्थामा रहेको र त्यसमा केन्द्रको पनि सहयोग र समर्थन आवश्यक रहेको उल्लेख गरे । बैठकमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित तेस्रो लहर तथा निकट भविष्यमा हुने स्मार्ट लकडाउनको विधि बारे जानकारी गराएका थिए ।

कार्यक्रममा स्वास्थ्य निर्देनालयका निर्देशक विजय झाले प्रदेशको कोभिड १९ को अवस्था एवं धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्लाको अवस्थाबारे व्रिफिङ्ग गरेका थिए । बैठकमा आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह, प्रमुख सचिव गोकर्णमणी दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह सहितको सहभागिता रहेको थियो ।

 

 

Comment


Related News

Latest News

Trending News