२०७८ श्रावण ३०, शनिबार ०७:२१

पोखरिया । पर्सा जिल्लाको ग्रामीण क्षेत्रबाट पत्रकारिता गर्दै पिछडिएका समुदाय, निमुखा जनता र आवाज बिहीनका आवाज बनेका जनकपुर टुडे राष्ट्रिय दैनिकका पोखरिया संवाददाता लालबाबु बानिया सम्मानित भएका छन् ।

पत्रकार बानियाको २४औं जन्मदिनको अवसर पारेर पोखरियाका स्थानीय युवाहरुले सम्मानित गरेका हुन् । पत्रकारहरु सदरमुकाम केन्द्रित भएर पत्रकारिता गरिरहेको बेला बानियाले ग्रामीण क्षेत्र पोखरियालाई केन्द्र बनाएर जनकपुर टुडेका लागि रिर्पोटिङ गर्दै आएका छन् । युवाहरुले संयुक्त रुपमा पत्रकार बानियालाई मायाको चिनो प्रदान गरेर सम्मानित गरेको नेपाल रेडक्रस सोसाईटी पोखरिया शाखाका सभापति भगवान कुर्मीले बताए ।

आकास एफएम १०१.९ मेगाहर्ज पोखरियाको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार सैलेश साह कानु, पोखरियाका युवा उमेश यादव, टाईचन यादव, शिवकुमार साह, बिकास पटेल, रामबिश्वास चौधरी, सनि पटेल, बिपिन चौहान लगायतको उपस्थिति रहेको थियो ।

 

Comment

Related News

Latest News

Trending News