जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय महोत्तरीको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी प्राङ्गणमा नव निर्मित कार्यालय, व्यारेक, मेश, हिर ासतकक्ष र कार्यालय प्रमुख निवासको प्रहरी महानिरीक्षक क्षेत्रीले उद्घाटन गरेका हुन् । नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक क्षेत्रीले उच्च मनोबलका साथ जनतालाई सुरक्षाको प्रत्याभूति हुने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका थिए । सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले भवन निर्माण कार्यमा संलग्न आशिष पृथ्वी जे.भी. सुकेधारा काठमाण्डु मेन कन्सट्रक्सनका प्रतिनिधि केशव बहादुर दाहाल र नाती बालाजी जे.भी. सिराहा मेन कन्सट्रक्सनका प्रतिनिधि रंजित कुमार यादव लाई कदर पत्र तथा ईन्जिनियर प्रहरी निरीक्षक चिरञ्जिबी प्रताप महतोलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमा वृक्षारोपण समेत गरेका थिए । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले प्रहरी महानिरीक्षक क्षेत्रीलाई मायाको चिनो प्रदान गरेका थिए भने प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव माहानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य राखेका थिए । त्क्त् प्रमुख ईन्जिनियर चिरञ्जिबी प्रताप महतोले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डले शुभकामना मन्तव्य राखेका थिए भने जलेश्वर नगरपालिकाका नगर प्रमुख राम शंकर मिश्राले प्रमुख अतिथि लगायत विशिष्ट अतिथि हरुलाई खादाले स्वागत गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी वल नेपाल छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम तथा २ नं. प्रदेशस्थित नेपाल प्रहरीका वरिष्ठ अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला न्यायाधिवक्ता, पत्रकार माहासंघका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वरका पदाधिकारी, अमर प्रहरीका परिवारजन, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी तथा जिल्लामा कार्यरत सकल दर्जाका प्रहरी कर्माचारीहरुको उपस्थिति रहेको थियो ।


