अपडेट 
२०७८ श्रावण ३०, शनिबार ०७:३२

राजविराज । राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल, जिल्ला कार्य समिति सप्तरीले विभिन्न माग राखी प्रधानमन्त्रीलाई जिल्ला प्रसाशन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन ।

भूमिहीन दलित, भुमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नुपर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो । देशभर लगत संकलनको कार्य अन्तिम चरणमा पुगेको र नाप नक्शा कार्य भई कामले गति लिरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चिता नगरी आयोग विघटन गर्नु उचित नभएको व्यहोरा अवगत गराउदै हाल भईरहेको काम प्रभावित नहुने गर्नुपर्ने मागका साथ जिल्ला प्रसाशन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चायमार्फत ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् । भूमिहीन दलितलाई कानुन बमोजिम एक पटक जग्गा उपलब्ध गराउने संवैधानिक व्यवस्था , भुमि सम्बन्धि ऐन २०२१ को आठौ संशोधन र भुमि सम्बन्धि नियमहरु (अठारौ संशोधन) मा भएका व्यवस्था अनुरुप काम गर्न २०७७ बैशाखमा गठन भएको भुमि सम्बन्धि समस्या समाधान आयोगलाई मञ्चले महत्वपुर्ण अवसरको रुपमा लिई स्थानिय तह मार्फत हुने गतिविधिमा सहयोग र समन्वय गर्दै आएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र जिल्ला भुमि अधिकार मञ्च सप्तरीका जिल्ला अध्यक्ष सुरहित सदाय तथा राष्ट्रिय भुमि अधिकार मञ्चका केन्द्रिय सदस्य शिव कुमार पासवानले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए ।

 

 

Comment


Related News

Latest News

Trending News