२०७८ श्रावण ३०, शनिबार ०७:४०

रौतहट । नेकपा माओवादी केन्द्रको रौतहटमा संगठन विस्तारको कार्य तिव्र रुपमा अघि बढेको छ । आगामी निर्वाचनको मध्ये नजर गर्दै पार्टीको संगठनिक मजबुती पार्ने उदेश्यले प्रत्येक स्थानीय तहमा वडा स्तरीय भेला गर्ने कार्य शुरु गरिएको हो ।

जिल्लामा रहेको १८ स्थानीय तहको प्रत्येक वडामा वडा कमिटि गठन गर्ने कार्य शुरु गरिएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज समिर भट्टराईले जानकारी दिएका छन् । स्थानीय तहबाट नै पार्टीलाइ सशक्त बनाउन सकिने उदेश्यले पार्टीको निर्देशन अनुसार वडा स्तरिय भेला गर्ने शुरु गरिएको उहाले जनाए । साउन भरिमा वडा भेला सम्पन्न गर्नु पर्न केन्द्रिय कार्यलयको निर्देशन भएकोले वडा स्तरीय भेला गर्ने अभियान तिब्र पारिएको नेता भट्टराईको कथन रहेको छ । शुक्रवार रौतहटको फतुवा विजयपुर् नगरपालिकाको ९ नम्बर वडाको वडा भेला सम्पन्न भएको छ । भेलाबाट महिपाल चौधरी संजुको अध्यक्षतामा २९ सदसीय वडा कमिटिको गठन गरिएको प्रदेश सदस्य उवम जिल्ला सचिव देवेन्द्र पटेलले जनाएको छ । जिल्ला सचिव पटेलको अनुसार अहिले सम्म १११ वटा वडाको भेला सम्पन्न भएको छ ।

प्रदेश सदस्य महिला नेत्री देवकी नेपाल , नेता विन्देश्वर राय यादव लगायतका नेताहरुको अगुवाईमा १८ पालिकाको सवै वडामा वडा कमिटि गठन गर्ने कार्य जारी रहेको छ । संगठनिक अभियान अन्तर्गत गौर नगरपालिकाको वडा नम्बर २,३,५,९ , राजपुर नगरपालिकाको वडा नम्बर १, दुर्गा भगवति गाउ पालिकाको वडा नम्बर १,४ यमुनामाई गाउपलिकाको वडा नम्बर १,२,३,४ माधब नारायण नगरपालिकाको वडा नम्बर ५,६,७,८ गरुडा नगरपालिकाको वडा नम्बर २,३,७,८,९ गढिमाई नगरपालिकाको वडा नम्बर ३,४,५,६,८,९ वृन्दाबन नगरपालिकाको वडा नम्बर१,२,३,४,५,७,८ चन्द्रपुर नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९,१० गुजरा नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९ कटहरिया नगरपालिकाको वडा नम्बर१,२,३,४,५,६,७,८,९ मा वडा भेला सम्पन्न भएको छ ।

फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर १ , २ , ३ , ४ , ६ , ७ , ८ , १ ० , १ १ मौलापुर नगरपालिकाको वडा नम्बर१,२,३,४,६,८ देवाही गोनाही नगरपालिकाको वडा नम्बर १,२,३,४,५,६,७,८,९ बौधिमाई नगरपालिकाको वडा नम्बर –१,२,४,६,७,८,९ परोहा नगरपालिकाको वडा नम्बर ३,४,५,६,९ राजपुर नगरपालिकाको वडा नम्बर ३,४,५,६,७,८ ईशनाथ नगरपालिकाको वडा नम्बर २,३,५,६,७,८ वडा कमिटि गठन गर्ने कार्य सकिएको र बाकि वडाको छिटै भेला सम्पन्न हुने जीला कार्य समितिले जनाएको छ ।

Comment


Related News