अपडेट 
२०७८ श्रावण ३०, शनिबार ०७:४९

जनकपुरधाम । जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा शुक्रबार दोश्रो दिन पनि ट्राफिक सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।

शुक्रबार सञ्जालले प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको जनकचौकमा ट्राफिक नियमको उल्लंघन गरेमा हुन सक्ने क्षति र कोरोना भाइरस (कोभिड–१९)बाट हुन सक्ने क्षति बारे सचेत गराएका थिए । सो अवसरमा हेलमेटको बेल्ट नलगाएर सवारी चलाउँदा हुने क्षति, पैदल हिड्ने यात्रीलाई फुटफाट र जेब्रा क्रसिङ्ग गर्ने बारे सचेत गराइएको थियो । कोरोना विरुद्व सर्वसाधारणलाई मास्क वितरन गरेर सचेत गराइएको सञ्जालका महासचिव कुलदिप साहले जानकारी दिए । सवारी दुर्घटनामा सबैभन्दा बढी युवा नै पर्ने गरेकोले युवाहरुलाई सहभागी गराएर सचेतना कार्यक्रम गर्न लागेको उनले बताए । एक युवा सचेत हुँदा त्यसको घरमा रहेको सदस्यहरुलाई आफै सचेत गराउन सकिने युवा अगुवाहरुको भनाई छ । बाटोमा कसरी हिड्ने ,बाटो क्रस गर्दा कसरी गर्ने, जेब्रा क्रस कसरी गर्ने लगायतका कुराहरु घरका बाँकी सदस्यहरुलाई जानकारी गराउछ । तीन दिबसीय कार्यक्रमको अन्तिम दिन शनिबार बिहान ८ बजे देखि राधाकृष्ण मन्दिरमा रक्तदान कार्यक्रम गरिने भएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय धनुषा, जनकपुरधाम उप महानगरपालिका, नेपाल प्रहरी, ओरेक नेपाल, इन्सेक, उन्नत नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल परिवार नियोजन संघ, धनुषा ,नील हीरा समाज , माण्डबी, एमनेस्टी इन्टरनेसनल, नेपाल हृदय फाउन्डेसन, रङ्गदर्पण नेपाल, महिला मैत्री समाज र एडभोकेसी फोरम लगायतका संस्थाहरु छन् ।

 

Comment


Related News

Latest News

Trending News